Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

स्थापना दिवसमा प्रभात फेरी

सुर्खेत, १६ चैत ।

नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले शुक्रवार विहान प्रभातफेरि गरेको छ । स्थानीय मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी पिपलचौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले महासंघको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

Image may contain: 29 people, including Sudip Puri, Bhanu Adhikari, Subarna Shahi, चाँदनी केसी सरगम, Thapa Maya, Lalit Budha, Kamal Pant, Ashok Raji, Dilprasad Sharma and 6 others, people smiling, people standing and outdoor

उनीहरुले पत्रकारहरुको पेशागत सुरक्षा र हकहितका लागि महासंघको भूमिका सशक्त हुनुपर्ने, प्रदेश समृद्धिका लागि पनि अग्रसर हुनुपर्ने सुझाव दिएका थिए । सभामा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पूर्व अध्यक्ष मोतिलाल पौडेल, प्रेस सेन्टरका कर्णाली प्रदेश संयोजक धु्रव बुढाथोकी, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश क“डेलले शुभकामना व्यक्त गरेका थिए । महासंघ सुर्खेतका सचिव सुदिप पुरीले अग्रजहरुले देखाएको बाटोमा महासंघ हिंड्ने र श्रमजीवि पत्रकारहरुका वारेमा अझ सशक्त हुने जानकारी दिए । सभापछि चियापानको आयोजनासमेत गरिएको थियो ।

Image may contain: 9 people, including चाँदनी केसी सरगम, Thapa Maya and Sudip Puri, people smiling, outdoor