Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रदेश आइडलको सेमी फाइनल सकियो

सुर्खेत १७ चैत्र

सुर्खेतमा जारी प्रदेश आइडल अन्तर्गत शनिवार भएको सेमी फाइनल सम्पन्न भएको छ । निर्णायक मण्डल र लाइभ भोटिङ्गको आधारमा ४ जना छनौट भएका छन् । छनोट हुनेमा महेन्द्र बिक, हिक्मत शाही, पेमा सन्दुक लामा, खाँडजी परियार छन् । सेमि फाइनलमा पर्न सफल ७ जना प्रतिस्पर्धी मध्येबाट निर्णायक मण्डलले प्रदान गरेको नम्बर र लाइभ भोटिङ्गबाट ४ प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले जानकारी दिए ।

यसै गरी आइडलको  फाइनल यही चैत्र ३० गते साँझ हुनेछ जसमा सेमिफाइनलबाट फाइनलमा पुगेका ४ जना प्रतिस्पर्धी मात्र समावेश हुनेछन् । चैत्र ३० गते हुने फाईनल प्रतियोगीतामा प्रथम हुनेले नगद तीन लाख, दोस्रोले दुई लाख, तेस्रोले एक लाख र सान्त्वना हुनेले पचास हजार पुरस्कार पाउने अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । नयाँ वर्ष २०७५ को शुरुवातसँगै पुरस्कार हस्तान्तर गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।