माइक्रो ठोक्कियो ट्याक्टरसँग : ९ जना घाइते
सुर्खेत १८ चैत्र ।
सुर्खेतको वीरेन्द्रनगर नजिकै एयरपोर्ट चोकमा ट्याक्टरसंँग हाइस ठोक्किदा ९ जना घाइते भएका छन् । वीरेन्द्रनगर सुर्खेतबाट नेपालगञ्ज तर्फ गइरहेको हाइस एयरपोर्ट चोकमा ठोक्किदा १२ जना यात्रुहरु घाइते भएका हुन् । देउती नागरिक यातायातको बा. ५ ख २८२७ नम्बरको हाइस भे. १ त ५३५९ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो ।

सो माईक्रो बालुवा बोकेर रोड क्रस गर्दै गरेको भे १ त ५३५९ नम्वरको ट्याक्टर संग ठोक्कीदा ९ जना यात्रु घार्ईते भएका छन । घाईते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईते हुने हरुमा वि न पा ७ संकर चोकका दिपक पाण्डे,सोही ठाउँका १९ बषिय गिता पाण्डे ,माईक्रो चालक विनपा ११ का ईद्रिस बक्स रहेका छन । यस्तै विनपा ९ का जानकी भण्डारी ,दुल्लु दैलेखखका कर्ण रिजाल ,विनपा ९ का पुनम राई ,सोही ठाउँका भरत राई रहनुभएको छ तेसैगरी विनपा ९ का १० बर्षिय बालक इसान श्रेष्ठ र चन्दन नाथ नगरपालिका जुम्लाकी १९ बर्षिय गोमा नगरकोटी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाईते २ जना लाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । अन्य घाईते यात्रुहरुको सुर्खेत स्थित देउती नर्सिङ्ग होम र माया नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले बताएको छ ।







