Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कौशलाको स्मृतिमा १९ कवि

कवि कौशला लामिछाने स्मृति तथा रचना वाचन कार्यक्रम राजधानीमा शनिबार सम्पन्न भएको छ ।

पर्यटन व्यवसायी दिपक महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १९ जना कविहरुले कौशला लामिछानेका कवितासँगै कविहरुले आ-आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले नयाँ र पुराना सर्जकको जमघटले साहित्य अभियानलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । साहित्य पर्यटनको सम्भावनाका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा प्रगतिशील लेखक संघका महासचिव आर एम डङ्गोलले कौशलाको साहित्य कृति र जीवन यात्राको बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि राजेन्द्रमान डङ्गोल, नारायण नेपाल, केशव पुडासैनी बिमल, कृष्णदेव रिमाल,लक्ष्मी रुम्बा,अर्जुन तामाङ मिसन अधिकारी, पदम दोङ, डा.सत्यराज थपलिया, मेनुका लामिछाने, लक्षिमी बस्नेत, सानू शर्मा, सुमन पाण्डे निर्मल पराजुली, दुर्गा तिवारी, भाग्यशाली अधिकारी, कुमार नेपाल लगाएतले रचना वाचन गरेका थिए।

कौशला लामिछाने स्मृति कोषबाट आयोजना गरिएको कार्यक्रम संचालन कृष्ण किसु न्यौपाने र विजयध्वज थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

सैलुङअनलाइन