Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कर्णालीमा चार वटा संसदीय समिति गठन

सुर्खेत २६ चैत–

कर्णाली प्रदेशको संसदको पहिलो अधिवेशन अन्र्गतको दशौं वैठकले सोमबार चार वटा संसदीय समिति गठन गरेको छ ।

बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो ।

वैठकले अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांसदहरु अमृता शाही, अम्मरबहादुर थापा, कुर्मराज शाही, दानसिंह परियार, वीरबहादुर शाही, यामलाल कँडेल, सिताकुमारी नेपाली, सोशीला शाही र हिमबहादुर शाही सदस्य रहेका छन्  ।

विद्यायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर रोकाय, विन्दमान विष्ट र मिनासिंह रखाल सदस्य रहेको कर्णाली प्रदेशका सभामुख राजवहादुर शाहीले बताए ।

सभामुख शाहीका अनुसार सार्वजनिक लेखा समितिमा सांसदहरु करवीर शाही, गणेशप्रसाद सिंह, गुलावजंग शाह, गोपाल शर्मा, झोवा विक, दिनवन्धु श्रेष्ठ र बद्मी क्वारी बोहरा सदस्य रहेका छन् ।

सामाजिक विकास समितिमा कृष्ण शाह, कौशीलावति खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, राजु नेपाली, रातो कामी र सुशीलकुमार थापा सदस्य छन् । चार वटै समितिमा रहने सदस्यहरुको नाम संसद बैठकबाट सर्वसम्मत अनुमोदन भएको सभामुख शाहीले जानकारी दिए ।

समितिका सदस्यहरुको बैठकबाट अध्यक्ष चयन गरिने छ । संसदको आठौं बैठकले समितिमा सभापतिको सट्टा अध्यक्ष राख्ने निर्णय पारित गरेको थियो ।