Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

मानन्धर कर्णालीको मुख्य न्यायधिवक्ता

सुर्खेत २८ चैत्र ।
कर्णाली प्रदेशको मुख्य न्यायाधीवक्तामा विद्याभूषण मानन्धर नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई बुधबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्य न्यायाधिवक्तामा मानन्धरलाई मंगलबार सिफारिस गरेपछि प्रदेश प्रमुखले उनलाई नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धरलाई बुधबार दिउसो तीन बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।


मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुन्छन् ।

मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धर २०५२ सालदेखी अधिवक्ता भएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य समेत रहेका मानन्धर नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य समेत छन् ।