Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

मुख्य न्यायधिवक्ताले लिए सपथ

सुर्खेत २८ चैत्र ।


कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा विद्याभूषण मानन्धरले सपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आयोजना भएको एक विशेष समारोहमा उच्च अदालत सुर्खेतका मुख्य न्यायधिस हरिकुमार पोख्रेलले प्रदेश प्रमुख दुर्गाकेशर खनालको उपस्थितिमा उनलाई सपथ गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु, संसदहरु, प्रदेश मन्त्रालयका सचिवहरु एवम् सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।