Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णाली कविता कन्सर्ट हुने

सुर्खेत २८ चैत्र ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २०७५ वेशाख १८ गते कर्णाली कविता कन्सर्ट हुने भएको छ । अनुपम स्मृति प्रतिष्ठानले आयोजन गर्न लागिएको उक्त कन्सर्टमा कवि नवराज पराजुलीले कविता वाचन गर्ने आयोजकले बताइएको छ । साथमा वरिष्ठ कलाकार प्रेमदेव गिरी र लोकदोहोरी प्रतिष्ठान सुर्खेतको विशेष प्रस्तुति पनि रहने जनाइएको छ ।

Image may contain: 1 person, text
जिल्ला समन्वय समितिको सभा हलमा हुने कविता कन्सर्टका लागि रु ३ सय, रु ५ सय र रु १ हजार दरका टिकटको व्यवस्था गरिएको छ भने सुर्खेतमा भएका अधिकांश साहित्यिक संस्थाहरुलाई समन्वयात्मक संस्थाको रुपमा राखिएको छ । कविता कन्सर्टबाट उठेको रकमले सुविधा सम्पन्न एम्बुलेन्स खरिदमा खर्च गरिने आयोजक संस्थाका अध्यक्ष निराजन शाहीले बताए ।

सुर्खेत र कालिकोटमा १/१ एम्बुलेन्स खरिद गर्ने गरी विभिन्न निकायसँग सहयोग जुटाउने क्रम जारी रहेको आयोजकले जनाएको छ । उक्त एम्बुलेन्स नाफामुखी भन्दा पनि सेवामुखी हुने भएकोले बालबालिका र गर्भवती महिलाहरुका लागि ५० प्रतिशत छुट हुने प्रतिष्ठानका अध्यक्ष शाहीको भनाई छ । कर्णाली कविता कन्सर्ट गर्न करिब १ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने टिकट विक्री र प्रायोजकहरुबाट गरी करिब ३ लाख आम्दानी हुने आशा आयोजकले गरेको छ ।