Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

आइडलको उपाधी शाहीलाई

सुर्खेत ।

कर्णाली प्रदेश आइडलमा हिक्मल शाही प्रथम भएका छन् । सिङ्गारो म्युजिक प्रालिको आयोजनामा वीरेन्द्रनगरमा भइरहेको प्रदेश आइडलको फिनाले मार्फत शाही प्रथम भएका हुन् । यसैगरी महेन्द्र बि.क., खाँड जि परियार, पेमा सन्दुक लामा क्रमश् द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गरेको सिङ्गारोका प्रवन्धक निर्देशक बिशाल ढकालले बताए । आइडलमा प्रथम हुनेलाई रु. तीन लाख, दोस्रोलाई रु. दुई लाख, तेस्रोलाई रु. एक लाख र सान्त्वना हुनेलाई रु. पचास हजार पुरस्कार दिइएको ढकालले बताए ।