Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

शंखघोषसँगै शोभायात्रा

सुर्खेत ७ वैशाख ।
देउती बज्यै पूर्वाधार विकास समितिको आयोजनामा हुन लागेको धनधान्याञ्चल विराट महायज्ञ तथा श्रीमद्देवी भागवत महापुराण उद्घाटन हुने दिन आज वैशाख ७ गते विहान शंखघोषसँगै शोभायात्रा गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर बजार परिक्रम गरी शोभायात्रा मन्दिर परिसर पुगेको छ । शोभायात्रामा शंख, घण्ट बजाउँदै पूर्वाधार विकास समितिका पदाधिकारी लगायत ब्राह्मण, सर्वसाधारण, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत भक्तजनहरुको उपस्थिति रहेको थियो ।

आजै दिउँसो १ बजे कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।