Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

हताश मानसिकताको कारण तालाबन्दी गरियो ः वाणिज्य संघ

सुर्खेत ः उद्योग वाणिज्य संघ सुर्खेतमा शुक्रबार गरिएको तालावन्दीलाई संघले हताश मानसिकताको उपज भएको बताएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै संघले यसो बताएको हो । उद्योगी, व्यापारीहरुकै नाम भजाएर गठन गरिएका केहि संघसंगठनहरुका आडमा आफ्नो स्वार्थपूर्ति गर्ने हरसम्भव प्रयासका बावजुतपनि जिल्ला स्थित उद्योगी व्यापारीहरुले संघप्रति देखाएको ऐक्यवद्धताकै कारण असफल र्भपछि हताश मानसिकताको उपज स्वरुप तालावन्दीको नयाँ श्रृंखला थपिएको विज्ञप्तीमा बताइएको छ । संघले कथित मागहरुका नाममा सिमित स्वार्थपूर्ति गर्ने÷गराउने एक मात्र उदेश्यले संघको आसन्न निर्वाचनलाई नै प्रभावित गर्ने गरी तालावन्दी गरिएको बताउदै उक्त कार्यलाई भत्र्सना गरेको छ ।

पुर्ण विधिविधान र प्रक्रिया सम्मत रुपले आगामी वैशाख २५ गते निर्वाचन प्रक्रिया घोषणा गरिसकेको सन्र्दभमा संस्थाको मानमर्दन हुनेखालका कुनैपनि गतिविधिमा संलग्न नहुन र यस्ताखालका भड्कावपूर्ण कार्य तत्काल रोक्न तथा सो सम्वन्धित व्यक्तिहरुलाई वार्ता र सम्वादमार्फत समस्याको निकास खोज्न संघले आह्वान गरेको छ ।

शुक्रबार संघमा ताला लगाइएको छ । असन्तुष्ट आम व्यवसायीहरुको तर्फबाट संयोजक कलाधर शर्मा (केदार) को नेतृत्वमा विहिबार उद्योग वाणिज्य संघ कार्यालयको मुल गेटमा दुई वटा र अफिस कोठामा एक वटा ताला लगाइएको हो । आम उद्योगी, व्यवसायीहरुको सहभागितामा उद्योग वाणिज्य संघको विधान संशोधन गर्नुपर्ने, वर्तमान कार्यसमिति भंग गरी सबैको सहभागितामा तदर्थ समिति गठन गरी सोही समिति मार्फत आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, संयुक्त व्यावसायीहरुको तर्फबाट विगतमा राखिएका मागहरु निःशर्त पूरा गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको बताइएको छ ।
बिज्ञप्ति