पोल गाडेपनि बत्ति बलेन दुल्लुमा
कृष्णप्रसाद अधिकारी
दैलेख दुल्लु, ८ वैशाख
दुल्लु नगरपालिकाका बिभिन्न ठाउँहरुमा बिद्युत बिस्तारका लागी पोल गाडेको धरै समय भएपनि धेरै ठाउँमा अहिलेसम्म बत्ति बल्न सकेको छैन । हाल दूल्लु नगरपालिका वडा न ५ साविकको छिउडीपुसाकोट गाबिस वडा ९ को रिजु गाउँमा बत्ति बिस्तारको लागी पोल गाडेको ५ वर्ष हँुदा पनि अझैसम्म बत्ति बल्न सकेको छैन ।

नेपाल बिद्युत प्राधिकरण वितरण शाखा कार्यालय दैलेखबाट बिद्युत बिस्तारको लागी बि.स २०६९ साल देखी गाडिएका १० पोलहरुमा अहिलेसम्म तार बिस्तारसम्म हुन सकेको छैन । रिजुका स्थानीय उपभोक्ताको उपस्थितिमा जन श्रममदान गरी उक्त पोलहरु गाडिएको भए पनि हाल कार्यालयले तार बिस्तार तर्फ कुनै पनि चासो नदिएको स्थानिय बासी गुनासो गर्दछन ।
दूल्लु नगरपालिका वडा न ५ साविकको छिउडीपुसाकोट गाबिस वडा ९ को रिजु गाउँमा बत्ति बिस्तारको लागी दुल्लु नगरपालिका वडा न. ५ का वडा अध्यक्ष प्रेम बहादुर थापाले पहल भइरहेको र बिद्युत कार्यालयले अझै पनि कुनै चासो नदिएमा वडा कार्यालयबाट बजेट बिनियोजन गरी काम पुरा गर्ने जानकारी दिएका छन् तर यस्को बारेमा स्थानीयलाई कुनै जानकारी भएको छैन ।
तार बिनाका पोलहरु दुल्लु नगरपालिका भित्र धेरै ठाउँमा भएकाले अव दुल्लु नगरपालिका तथा बिद्युत कार्यालय लगायतका निकायले यस बारेमा ध्यान दिनु पर्ने देखिन्छ ।






