Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

दुल्लुमा निःशुल्क आँखा अप्रेशन सिविर

कृष्णप्रसाद अधिकारी
बैशाख ११  दुल्लु दैलेख

दुल्लु नगरपालिका वडा न.७ को विजया माध्यामिक बिद्यालयमा ३ दिने निशुल्क आँखा अप्रेसन शिविर संचालन भएको छ ।
दुल्लु नगरपालिकाको सहयोग, नेपाल सरकार स्वास्थ मन्त्रालयको आर्थिक सहयोगमा संचालित ३ दिने आँखा अप्रेशन शिविर नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुल्टेंग्रा नेपालगञ्ज र बिजया मा.बि. को सहभागीतामा संचालन भएको हो ।

आँखा अप्रेशन शिविर उद्घाटन समारोहमा बोल्दै शिविरका अध्यक्ष तथा कार्यक्रम सभापति टिका राम कार्कीले यो शिविर फाल्गुनमा संचालन गर्नु पर्नेमा बिशेष कारण बस वैशाखमा संचालन गर्नु परेको बताए । उनले भने, यस शिविरमा खोलेका आँखाले लालिगुराँस फुलेको देख्नेमा हरियाली पालुवा देख्ने भए । साथै आँखा अप्रेशन पछि केहि समस्या भएमा आँखा अस्पताल दुल्लुमा सम्पर्क गर्न सबैलाई आग्रह गर्दछु ।
यसै कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर रावतले वन–वनबाट सल्ली कुुसुम ल्याएर र घर घर बाट एक–एक माना चामल ल्याएर पनि बिजया माध्यामिक बिद्यालयमा यस अघि आँखा अप्रेशन संचालन गरेको स्मरण गराएका थिए ।

शिविरमा डाक्टर छन्दलाल चौधरीले बिगत धेरै बर्ष देखि दुल्लुमा आँखा अप्रेशन सिविर संचालन गरेको र र फत्तेवाल आँखा उपचार केन्द्र दुल्लुमा स्थापना गरेको बताए । नेपालगञ्जमा १ जना बिरामीको आँखा अप्रेशन गरेको ६ हजार लिने गरे पनि दुल्लुमा यस शिविर मा ११ लाख बराबरको खर्च अस्पतालले ब्यहोरेको बताए ।

यस उद्घाटन कार्यक्रमा बिजया माबिका प्रधानध्यापक केशब भण्डारी, ब्यवस्थापन समितिका अध्यक्ष टंक रिमाल समाजसेवि महिला बिना कार्की नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य गणेश प्रसाद उपाध्याय लगायतका वक्ताले शिविर सफलता पूर्वक संचालन हुनेमा विश्वस्त रहेको बताए । शिविर भोली वैशाख १२ गते सम्मा सञ्चालन हुनेछ ।