Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

साधुले लिएनन् भेटी उल्टै दिए दान

सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर स्थित देउती बज्यै मन्दिरमा चलिरहेको धनधान्याञ्चल विराट महायज्ञका प्रमुख संरक्षक श्री श्री श्री १००८ हिरामान हरि गिरी जी (नागाबाबा) ले भक्तजनहरुले दिएको भेटी आफूले नलिएर उल्टै मन्दिरलाई दान दिएका छन् । मंगलबार महायज्ञ स्थल आइपुगेका नागाबाबा गिरीजीले सुर्खेत देवताहरुको बासस्थान भएको बताए । उनले भने, यहाँ देउती बज्यैको प्रभावको कारणले पनि प्रदेशमा कुनै विघ्नबाधा उत्पन्न नभई नामाकरणदेखि राजधानीसम्ममा सहमति भएको हो । साथै उनले महायज्ञको सफलताको शुभकामना समेत दिए ।

साधु र साधकहरुको बारेमा प्रवचन दिएका नागाबाबाले यज्ञ तथा अनुष्ठानहरु किन गर्नु पर्छ, यस्ता कार्यहरु गर्नले हुने फाइदाहरुको बारेमा समेत आसिरवचनहरु दिएका थिए । मंगलबार मात्रै २ लाख बढि दान संकलन भएको छ भने महायज्ञका प्रमुख संरक्षक श्री श्री श्री १००८ हिरामान हरि गिरी जी (नागाबाबा)बाट देउती बज्यै मन्दिरको पुरै अवलोकन तथा गुरुयोजना अनुसार गरिने कार्यको समेत अनुगमन भएको छ ।

वैशाख १५ गतेसम्म संचालन हुने यस विराट महायज्ञमा देउती बज्यैको पूर्वाधार विकास निर्माणका लागि सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न पूर्वाधार विकास समितिले अनुरोध गरेको छ भने श्रीयन्त्रको पूजन र सःशुल्क वितरणले हजारौ भक्तजनहरुको ध्यान आकर्षण गरिरहेको छ ।