Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

वैशाख ३० र ३१ गते तरुण दलको प्रशिक्षण कार्यक्रम हुने

सुर्खेत
नेपाल तरुण दलको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम यही वैशाख ३० र ३१ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । उक्त प्रशिक्षण कार्यक्रमका लागि तरुण दलले जिल्लाका कुनै पनि व्यापारीहरुसँग चन्दा भने संकलन नगर्ने बताएको छ । जसका लागि नेपाली काँग्रेसका संस्थापक नेता एवम् साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाले लेखेको उपन्यास ‘तीन घुम्ती’ मा आधारित रहेर बनेको चलचित्र ‘तीन घुम्ती’ को च्यारिटी सो हुने भएको छ । यही वैशाख २२ गते बिहान ७ बजेदेखि च्यारिटी सो हुने नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए । च्यारिटी सो मा उक्त चलचित्रका नायक सुशान्त कार्की लगायत राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहने छ जनाइएको छ । विशेष गरी पार्टीका विभिन्न तहका शीर्ष नेताहरुलाई मात्र च्यारिटी सो टिकट बिक्री गरिने र उक्त च्यारिटी सो मा २५० जना सम्मले चलचित्रको अवलोकन गर्ने अध्यक्ष विष्टले बताए ।


राजनीतिक दलका भातृ संगठनहरुले कार्यक्रम गर्ने नाममा व्यापारीहरु सँग चन्दा असुल गर्ने निरन्तरतालाई हटाउँदै एकातिर मनोरञ्जन र सम्मान पनि हुने अर्कोतिर कार्यक्रमको लागि खर्च पनि जुट्ने भएकोले च्यारिटी सो गर्न लागिएको अध्यक्ष विष्टको भनाइ थियो । उनले भने, यसले सबैलाई सकारात्मक संन्देश दिने आशा गरेको छु ।
महेश दाहाल, प्रदिप गिरी र बालकृष्ण खाँडले प्रशिक्षण दिने कार्यक्रम रहेको छ भने उद्घाटन कार्यक्रममा भने पार्टी दर्शन शीर्ष नेताहरुको उपस्थिति रहने तरुण दल सुर्खेतले जानकारी दिएको छ ।