Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

विद्यालयमा विद्युतिय हाजिरीसंगै सिसि क्यामरा 

कृष्णप्रसाद अधिकारी
बैशाख १७, दैलेख

भैरवी गाउँपालिकाका विद्यालयमा पहिलो पटक डिजिटल हाजिरी र सिसि क्यामेरा जडान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भन्दै डिजिटल हाजिरी र सिसि क्यामेरा जडान गरिएको हो । भैरवी गाउँपालिका वडा नम्बर ६ घुम्नेखाली स्थित आदर्श माध्यामिक विद्यालयमा एक कार्यक्रमका विच सिसि क्यामेरा र डिजिटल हाजिरी प्रविधिको उद्घाटन गरिएको हो । भैरवी गाउपाँलिकाका अध्यक्ष प्रेम बुढाको प्रमुख आतिथ्यतामा आदर्श माध्यामिक विद्यालय घुम्नेखालीमा सिसि क्यामेरा र डिजिटल हाजिरी प्रविधिको उद्घाटन गरिएको हो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले प्रविधिको सही प्रयोग गरे नसोचेको सफलता हात पार्न सकिने बताउनु भयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा नयाँ जडान गरिएको प्रविधिले देखिने गरी सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो ।


विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष पदम कुमारी विष्टले विद्यालयको नयाँ कार्यलाई गाउँपालिकाका सवै विद्यालयमा बिस्तार गर्नु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा स्रोत व्यक्ति प्रेमलाल पुरीले नया नया प्रविधीको प्रयोगले विद्यालयमा नया सिकाई हुनुका साथै विद्यालयले शैक्षिक विकासमा फड्को मार्ने बताउनु भयो । यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक यज्ञ बहादुर सिंहले २१औ शताव्दीको परिस्थिति अनुसार डिजिटल प्रविधिलाई पनि आत्मसाथ गर्नु पर्नेमा जोड दिनु भयो । साथै उहाँले विद्यालयको आन्तरिक स्रोतको करिब १ लाख ६८ हजारको लागतमा १६ वटा सिसी क्यामेरा र विद्युतिय हाजिरी संचालन गरिएको जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोप बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिकदलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभाबक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।