Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णाली प्रदेश स्तरीय नागरिक सम्मेलनको तयारी पूरा

सुशासन, सामाजिक न्याय र मानव अधिकारमा हाम्रा प्रतिवद्धता ः कर्णाली प्रदेशको समृद्धि र विकासमा नागरिक समाजको सहभागिता भन्ने नाराका साथ गर्न लागिएको गैरसरकारी संस्था महासंघको कर्णाली प्रदेश स्तरीय नागरिक सम्मेलन तथा प्रथम अधिवेशनको तयारी पूरा भएको जनाएको छ । नागरिक सम्मेलनमा विभिन्न ६ वटा विषयमा व्यापक छलफल हुने कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनको लागि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Image may contain: 4 people, including Hari Adhikari, people sitting, table and indoor

विज्ञप्तिको पूर्णपाठ

मुलुक संविधानको पूर्ण कार्यान्वयन संगै अघि बढिरहेको र राजनीतिक स्थिरताको शुभ संकेत देखापरीरहेको यो समय हामी सबै नेपालीका लागि शुखद तथा उपलव्धिमुलक क्षण हो । आम नेपालीले सदिऔं देखी थाति राखेका सपनाहरु मुलुकको स्थायित्व संगै पुरा हुनेछन् भन्ने जन अपेक्षा यतिवेला हरेक नेपालीको मन मष्तिस्कमा छ । इतिहासको यो एक महत्वपूर्ण अवसरलाइ नेपालका राजनीतिक दल र सम्पूर्ण जनताले उपलब्धिमुलक वनाउन सक्नुपर्दछ । हरेक अवसर संग चुनौति पनि अवश्य हुन्छन तर चुनौतिलाइ पनि अवसरमा वदल्न सक्नुपर्ने एक स्वर्णिम समय हो यो ।

गैरसरकारी संस्था महासंघ नेपाल विगत २६ बर्षदेखी नेपालको लोकतान्त्रिक आन्दोलनमा, शशक्तिकरणमा, संविधान निर्माण तथा यसको कार्यान्वयनमा, सामाजिक रुपान्तरण तथा जन चेतना जगाउने कार्यमा, शान्ति तथा मानव अधिकारको रक्षा र दिगो विकासको अभियानमा अग्रणी तथा सक्रिय भूमिका निर्वाह गर्दे आएको छ । यसै सन्दर्भमा कर्णाली प्रदेश सरकारले आफनो नीति कार्यक्रम र बजेट पारित गरिसकेको छ । प्रदेश तथा स्थानीय तहमा सन्चालन गरिने कार्यक्रमको खाका तयार गरिरहेको यस सन्दर्भमा कर्णाली प्रदेशको विकासका र समृद्धिका लागि क्रियाशिल विकास साझेदार विज्ञ,सम्पुर्ण नागरिक संघ संस्थाहरु लगाएत प्रदेश सरकार समेत एकै थलोमा जम्मा भइ नागरिक समाजको भूमिका र प्रदेशको विकासका लागि ब्यापक संवाद र छलफल तथा योजना निर्माण गर्न आवश्यकता महशुस गरि यो कर्णाली प्रदेशमा नागरिक सम्मेलन को आयोजना गर्न लागिउको छ ।

हामी राज्य र सरकारको हरेक समुन्नतीको कदमहरुमा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दे आएका छौं । विकास साझेदारको रुपमा मुलुको सर्वाङ्गीण विकास हाम्रो एक मात्र ध्येय हो । मुलुक संघिय संरचनामा प्रवेश गरेसंगै यसको संरचनागत र प्रशासनिक रुपान्तरण संगै गैरसरकारी संस्था महासंघ नेपालले पनि आफ्नो मुलुकभरी छरिएर रहेको सञ्जाललाइ काठमाण्डौंमा सम्पन्न २४ औं बार्षिक साधारण सभाबाट विधानमा परिवर्तन गर्दे आफ्नो संरचनालाई संघिय स्वरुपमा बदलेको छ । महासंघको परिवर्तित विधि र विधान भएको परिवर्तित व्यवस्था बमोजिम कर्णाली प्रदेश स्तरिय नागरिक सम्मेलन तथा प्रथम अधिवेसन २०७५ साल बैशाख २१ र २२ गते यस प्रदेशका मुख्य मन्त्री श्री महेन्न्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा सुर्खेतमा सम्पन्न हुन गइरहेको छ ।

नागरिक सम्मेलनको उद्घाटन सत्रमा प्रदेशका मुख्य मन्त्री, मन्त्रीहरु, संघिय तथा प्रदेशका सांसदहरु, स्थानिय तहका प्रमुख तथा उप प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक संगठनका अगुवाहरु, विभिन्न महासंघ,संघ, संगठन, सञ्जाल तथा संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सञ्चारकर्मीको उल्लेख्य उपस्थिती रहने आशा गरिएको छ । नागरिक सम्मेलनमा विभिन्न ६ वटा विषयमा विषयगत छलफल हुनेछन् । जस अन्र्तगत (१) कर्णाली प्रदेश मा विकासका अवसर, संभावना र प्राथमिकताहरु (२) दिगो विकास लक्ष्य १६ सम्बन्धमा नीति संवाद (३) बिपद् ब्यवस्थापनको अबस्था, चुनौती र सम्बोधन (४) गैससहरुको ब्यवस्थापनको लागि प्रदेशतहमा कानूनी ब्यवस्था (५) गैसस मार्ग्चित्र तथा भूमिका सम्बन्धमा नीतिगत छलफल हुनेछन् । नागरिक सम्मेलनबाट कर्णाली प्रदेश स्तरीय दिगो विकास मञ्चको गठन हुने छ भने प्रथम अधिवेसनबाट निर्वा्चित नयाँ कार्य समितीको चयन हुनेछ । यसैगरी नागरिक सम्मेलन तथा प्रथम अधिवेशनको अन्तिम दिन बैशाख २२ गते सुर्खेत घोषणापत्र जारी गर्दे नागरिक सम्मेलन तथा अधिवेसनको समापन हुनेछ ।