Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

‘शिक्षणशैली फेर्न आवश्यक’

सुर्खेत
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले वर्तमान शिक्षण प्रणाली फेर्न आवश्यक रहेको बताएका छन् । घोकन्ते शिक्षण प्रर्णालीले वर्तमान आवश्यकलाई सम्वोधन गर्न सक्ने जनशक्ति उत्पादन नभएको भन्दै जीवन उपयोगी शिक्षा प्रदान गर्न सक्ने शिक्षण प्रर्णाली आवश्यक रहेको बताए । विद्याज्योती माध्यामिक विद्यालय पञ्चपुरी नगरपालिका–५ बाबियाँचौरको ३२ औं बार्षिक उत्वस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विगतदेखि नै कितावका अक्षर घोकेर पास हुने शिक्षा व्यवस्थाका कारण आज युवा जनशक्ति विदेशिएको छ’ उनले भने,‘अवको शिक्षा रोजगारी, शीपमुलक र जीवनउपयोगी हुनुपर्छ । यसका लागि स्थानीय सरकारले पनि आवश्यक कानुन निर्माणमा ध्यान दिनु आवश्यक छ ।’ उनले सरकारी विद्यालयमा विद्याथीको आकर्षण न्यून रहेकाले अंग्रेजी माध्यामबाट पठनपाठन सञ्चालन गर्न तर्फ ध्यान दिनुपर्ने बताउ । उनले निजी विद्यालय भन्दा पनि गुणस्तरिय शिक्षा दिन तर्फ सरकारी विद्यालय केन्द्रित हुनुपर्ने बताए ।

अधिकार सम्पन्न मानिएको स्थानीय सरकारले स्थानीय बस्तु स्थितीलाई समेटेर आवश्यक कानुन निर्माण गर्न तफृ ध्यान दिनुपर्ने उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाउसरा रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर शिक्षा इकाइ प्रमुख जीतबहादुर शाह, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्रबहादुर थापालगायतको उपस्थिती थियो ।

वार्षिक उत्वसको अवसर पारि शैक्षिक सत्र २०७४ को विभिन्न परीक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।