Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

कृषि प्राविधिक एशोशियसनमा खड्का

सुर्खेत
नेपाल कृषि प्राविधिक एशोशियसनमा कर्णाली प्रदेश समन्वय समितिको अध्यक्षमा बखत बहादुर खड्का दैलेख चयन भएका छन् । कर्णाली प्रदेश स्तरीय प्रथम सम्मेलनबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । एशोशियसनको उपाध्यक्षमा सल्यानका जगतबहादुर बुढा मगर, सचिवमा जुम्लाका रामभक्त अधिकारी, कोषाध्यक्षमा दैलेखका दशरथ पाण्डे, सहसचिवमा दैलेखका रामबहादुर थापा, सदस्यहरुमा दैलेखका गणेशबहादुर शाही, जाजरकोटका भीमसेन बिक, सुर्खेतका भविसरा खत्री, सल्यानका भरतबहादुर बस्नेत, जुम्लाका रन्नी बहादुर घर्ती, जुम्लाका दीपकराज आचार्य, सुर्खेतका सुमनबाबु कंडेल र दैलेखका सुजाता खड्का चयन भएका छन् ।


कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले एशोशियसनको समन्वय समितिको चयन गरेको हो । समितिको चयन पश्चात बसेको पहिलो बैठकले कर्णाली प्रदेशमा रहेका कृषि प्राबिधिकहरुको तथ्याँङ्क संकलन गरी कर्णाली प्रदेशलाई कृषिमा उत्कृष्ट बनाउन कृषि प्राविधिकहरुले खेल्नु पर्ने भूमिकाका बारेमा अध्ययन गर्ने निर्णय गरेको समन्वय समितिका अध्यक्ष बखत बहादुर खड्काले जानकारी दिए ।