अभिकर्ता तालिम सम्पन्न
अभिकर्ता तालिम सम्पन्न
सुर्खेत
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतको वीरेन्द्रनगरमा अभिकर्ता तालिम समपन्न गरेको छ । पछिल्लो समयमा जीवन बिमा कम्पनीहरु गाउँदेखि शहरसम्म केन्द्रित भइरहेको बेलामा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशमै पहिलो शाखाको रुपमा सुर्खेत शाखालाई विस्तार गरेसँगै यो पहिलो अभिकर्ता तालिम संचालन गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापन गणेश चौलागाई, बाँके शाखा प्रमुख मेघराज घिमिरे र देबेन्द्र शर्माले अभिकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । सुर्खेत शाखा प्रमुख निराजन शर्माले सहजीकरण गरेको उक्त तालिमका सहभागीहरुले जीवन बिमाको महत्व र यसको कार्यान्वयनका बारेमा आफूले प्राप्त गरेको ज्ञानलाई व्यहारमा उतार्ने बताएका छन् ।






