Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

शौचालय र स्नानगृहको शिलान्यास

सुर्खेत
देउती बज्यै पूर्वाधार विकास समितिले देउती बज्यै मन्दिरमा नयाँ संरचना वास्तुशास्त्र अनुसार निर्माण गर्ने योजना बनाएसँगै बुधबार शौचालय र स्नानगृहको शिलान्यास गरिएको छ । हार्डवेयर समिति सुर्खेतका अध्यक्ष योगेश खत्रीले एक विशेष कार्यक्रमका बिच शौचालय र स्नानगृहको शिलान्यास गरेका हुन् ।

यही वैशाख ७ गतेदेखि १५ गतेसम्म आयोजना गरिएको धनधान्याञ्चल विराट महायज्ञमा विभिन्न दाताहरुले विभिन्न संरचनाहरु निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे अनुसार सर्वोत्तम पेन्टर्स इण्डष्ट्रिज प्रा. लि. अत्तरीया कैलालीले शौचालय एवम् स्नानगृह निर्माणको प्रतिवद्धता गरेको थियो । करिब १० लाख बराबरको लागतमा तयार हुने उक्त महिला तथा पुरुषहरुका लागि छुट्टाछुट्टै निर्माण हुने शौचालय निर्माणको कार्य जतिसक्दो छिटो सम्पन्न गर्ने प्रा. लि. ले जनाएको छ ।


देउती बज्यैको पूर्वाधार विकासको लागि तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य भइरहेको छ । यतिबेला सुर्खेत लगायत बाहिर जिल्लाबाट समेत देउती बज्यैमा विभिन्न संरचनाहरु निर्माण गर्नका लागि सहयोगी हातहरु जुटिरहेको पूर्वाधार विकास समितिका रमेश सापकोटाले बताए ।