Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

काँक्रेविहारको ११ औं साधारण सभा सम्पन्न

सुर्खेत
एम्नेस्टी इन्टरनेशनल नेपाल काँक्रेविहार युथ नेटवर्क सुर्खेतको ११ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका सचिव जीवन बिसीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष घनश्याम राना ऋतुले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । मानव अधिकारको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले विश्वका अधिकांश देशहरुमा शाखा विस्तार गरेको छ भने ७५ लाख भन्दा बढि यसका सदस्यहरु रहेका छन् ।


साधारण सभामा प्रमुख अतिथि देबेन्द्र सेजुवालले संस्थाले अनुशरण गरेका लक्ष्य र उद्देश्यहरु प्राप्त गर्नका लागि काँक्रेविहार युथ नेटवर्क सुर्खेतले गरेका कार्यहरुको स्रहाना गर्नुभएको थियो । साधारण सभाको उद्घाटन शत्रमा भोजराज आचार्य, खगेन्द्र अधिकारी अमृत, महेन्द्र चन्द महासागर, यमुना सापकोटा, हरिलाल खड्का, राजकुमार सिजापति लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भरत प्रमोद दाहाल, खगेन्द्र अटल र पहल असिमलगायतले गजल समेत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थालाई सहयोग पु¥याउने विभिन्न महानुभावहरु लगायत संस्थाका पूर्व संयोजकहरुलाई सम्मान समेत गरिएको थियो । यो समाचार तयार पार्दासम्म नयाँ कार्य समितिको चयन प्रक्रिया चलिरहेको छ ।