Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

राजनीतिक दलबाटै राष्ट्र खतरामा छ

सुर्खेत ।
गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक दलबाटै राष्ट्र खतरामा भएको बताएका छन् । उनले संविधान विपरित कार्य गर्ने राजनीतिक दलहरु तर्फ संकेत गर्दै राजनीतिक दलबाटै राष्ट्र खतरामा भएको बताएका हुन् । कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आइपुगेका थापाले पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताएका हुन् । देशमा धार्मिकतादेखि जातीयतासम्मको विषयलाई लिएर विभिन्न मागहरु राख्ने र आन्दोलन गर्नेहरुसँग सचेत रहनु पर्ने बताउँदै गृहमन्त्री थापाले भने,–‘निर्माणको जिम्मा लिने तर निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई अब सरकारले छुट दिँदैन तत्काल पक्राउ गरेर जेल हाल्छौं ।’ राष्ट्रलाई विद्रोहतिर लैजान खोज्ने कसैलाई पनि नछोड्ने बताउँदै थापाले भने, देशको शान्ति सुरक्षा चुस्त र दुरुस्त राख्न कुनै कसर बाँकी रहँदैन ।


यातायात क्षेत्रको सिण्डिकेट सुरुवाती मात्रै भएको बताएका थापाले अब सबै क्षेत्रका तस्करी, सिन्डिकेट, विकृति, विसंगति र भ्रष्टाचार अन्त्यलाई अभियानकै रुपमा अघि बढाइने जानकारी दिए । ‘मुलुकमा सुशासन कायम गर्न यस्ता सबै खाले विकृतिको अन्त्य गरेर विकासलाई गति दिन राज्य गम्भीर भएर लागेको बताए ।

विकासका लागि सुशासन, स्थायित्व र दिगो शान्ति जरुरी रहेको उनले बताए । सबै क्षेत्रमा माफियातन्त्र हाबी रहेको भन्दै गृहमन्त्री थापाले त्यस्ता माफियाविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताए । उनले विकास निर्माणमा देखिएको ढिलासुस्ती, ठगी नियन्त्रण गर्ने कदम चालिरहेको जानकारी दिए ।

सरकारलाई अतिवादी र नेकपा माओवादी नेतृत्व विप्लव माओवादीबाट सुरक्षा चुनौती रहेको पनि सरकारले सहज रुपमा यसको अन्त्य गर्ने थापाले दावी गरे । जनताको पक्षमा काम गर्न सरकार कटिवद्ध भएपछि अतिवादी र विप्लवलाई शैय नभएपछि उदण्ड मच्चाउन उद्धत भएको थापाको भनाई छ ।

एक मधेसको नारा लगाइरहेको सिके रावत जस्ता व्यक्तिहरुले धार्मिक नारा घन्काएर राज्यलाई द्वन्द्वतर्फ फर्काउने तत्वहरु सक्रिय रहेको खुलासा पनि थापाले गरे । उनले देश विकासमा बाँधक कसैलाई पनि नछाड्ने उद्घोष गरे । गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए ।