छोराको जन्मदिनमा बृद्धाश्रमको आजीवन सदस्य
सुर्खेत
अमेरिकामा बस्दै आएकी जयन्ति थापा छोरा जेशन चन्दको जन्मदिनको अवसरमा प्रशान्ति बृद्धाश्रमको आजीवन सदस्य बन्नु भएको छ । बृद्धाश्रमको आजीवन सदस्यताका लागि उहाँले ५ हजार १० रुपैयाँ प्रदान गर्नुभएको छ भने छोरा जेशनको छैठौ वार्षिकोत्सवको उपलक्ष्यमा उहाँले प्रशान्ति बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग समेत गर्नुभएको छ ।

बृद्धाश्रमका लागि थापाले १ क्वीन्टल चामल, ३० किलो दाल, ३० किलो आलु, १० लिटर खानेतेल लगायत फलफूलहरु समेत प्रदान गर्नुभएको छ ।

जयन्ति थापा अमेरिकामा रहेकोले उहाँका बुबा धर्मजंग थापा र आमा पार्वती थापाले उक्त सामग्री बृद्धाश्रमलाई हस्तान्तरण गर्नु भएको थियो । उहाँको यस कार्यले बृद्धाश्रमले शिर उँचो बनाउन सकेको बृद्धाश्रमका सचिव चेतबहादुर अधिकारी बताउनु भयो । प्रशान्ति बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरु लगायत उपस्थिति समितिका पदाधिकारीहरुले केक काटेर जेशनको जन्मदिन समेत मनाएका थिए ।

थापाले यस अघि पनि विभिन्न विपन्न तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ भने रुकुम र सुर्खेतका गरी ८ जना बालबालिकाहरुको शिक्षाको जिम्मा लिएर अभिभावकत्व समेत प्रदान गर्नु भएको छ ।







