Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि सुर्खेतलाई

सुर्खेत, जेठ २१ ।

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि सुर्खेतले हात पारेको छ । शनीबारदेखि शुरु भएको प्रतियोगितामा जुम्ला द्वितिय भएको छ भने सल्यानले तेस्रो स्थान हाँसिल गरेको हो ।

तीन दिनसम्म चलेको प्रतियोगितामामा प्रथम, द्वितिय र तृतीय हुने जिल्लालाई क्रमशः बीस, १५ र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै प्रदशसभा सांसद गुलाबजंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशाशीत बनाउने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिए ।


खेलकुदले गाउँदेखि जिल्ला हुँदै समग्र देशको पहिचानलाई उजागर गर्ने भन्दै उनले सहभागी खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्मको खेल खेल्नका लागि शुभकामना दिए ।
खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाण्डौँमा हुने प्रतियोगितामा धेरै पदक कर्णालीले नै जित्ने विश्वास लिइन् ।

प्रतियोगितामा पुरुष कपर्दी तर्पm सल्यान प्रथम र द्वितिय दैलेख भए भने महिला कपर्दी तर्पm सुर्खेत प्रथम र द्वितिय पनि दैलेख नै भयो । त्यस्तै, महिला भलिवलमा सल्यान प्रथम, द्वितिय कालिकोट र तृतिय स्थान जुम्लाले हात पा¥यो । पुरुष तर्पm भने सल्यान प्रथम, द्वितिय रुकुम र तृतिय स्थान सुर्खेतले हाँसिल ग¥यो ।

भलिवल (छात्रा) तर्पm सल्यानकी लिला के.सी र छात्र तर्पm सल्यानकै रञ्जित वि.क. उत्कृष्ठ खेलाडी घोषित भए । कपर्दीमा छात्रा तर्पm सुर्खेतकी देवीका थापा र छात्र तर्पm सल्यानका नवराज क्षेत्री उत्कृष्ठ घोषित भए । कराँतेमा उत्कृष्ठ छात्रा एलिना थापा मगर र छात्र तर्पm चिरन थापा उत्कृष्ठ खेलाडी घोषित भए । त्यस्तै, तेक्वान्दोमा छात्र तर्पm लक्ष्मण गुरुङ्ग(दैलेख) र छात्रा तर्पm मनिषा वि.क.(सुर्खेत), उसु खेलमा छात्र तर्पm कृष्ण सिं (सुर्खेत) र छात्रा तर्पm मालिका सार्की(सुर्खेत) उत्कृष्ठ घोषित भए ।

त्यस्तै, एथ्लेटिक्स तर्पm नवराज रावत(जुम्ला) उत्कृष्ठ खेलाडी दरिए । खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले जुम्लाका खेलाडी रावत र भलिवल खेलाडी चरित्र शाहीलाई (कालिकोट) नगद सहित सम्मान गरेको थियो ।