Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

दाजुले गरे भाइको हत्या

सुर्खेत
चौकुने गाउपालिका वडा नं १० घाटगाउँका चक्रबहादुर राजीले आफ्नै भाइको हत्या गरेका छन । गत जेठ १९ गते मदिरा सेवन गरि घरायसी बिबाद भए पछि भाईलाई कुटपिट गरि घाइते बनाएका हुन । कुटपिट पछि घाइते भएका खगेन्द्र राजीलाई उपचार गर्न कैलाली लैजाने क्रममा सोमबार बाटो मा मृत्युु भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठले जानकारी दिनुभयो ।

Image result for हत्या
घटना स्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बाबियाचौर को टोलिले हत्या गर्ने दाजुलाई नियन्त्रण मा लिएको छ । मृतकलाई पोस्टमका लागि टिकापुर लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।