Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

कर्णाली प्रदेशका मन्त्रीको सम्पति विवरण सार्वजनिक

सुर्खेत ।

कर्णाली प्रदेशमा मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रीलेहरुले आफ्नो विवरणमा बैंकमा भएको खातामा रित्तो रकम समेत उल्लेख गरेका छन् । रित्तो रकम उल्लेख गर्नेहरुमा भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसी र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्द सिँह बुढा रहेका छन् । भुमी मन्त्री केसीको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा रकम नभएको बताइएको छ भने पर्यटन मन्त्री बुढाको नाममा सिटिन्स बैंक र नेपाल बैंक लिमिटेडमा रहेको रहेको खातामा रकम छैन । यसैगरी भौतिक तथा पुर्वाधार बिकास मन्त्री खड्क बहादुर खत्रीको नाममा, उनी श्रीमती र उनिद्वारा सञ्चालित फर्मको नाममा २१ करोड भन्दा बढीको विभिन्न संस्था तथा बैंकहरुमा सेयर रहेको छ ।


मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्कको कार्यालयले मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषद् गठन भएको ६० दिन भित्र मन्त्रीहरुले आफ्नो सम्पती विवरण पेश गर्नुपर्ने प्रावधान रहेतापनि सम्पतिविवरण मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा वेभसाइटमा पनि सार्वजनिक गर्ने योजना रहेको हुँदा ढिला भएको प्रवक्ता नवराज बरालले बताए । सम्पति विवरणमा मन्त्री लगायत परिवारको चल अचल सम्पतीमा घरजग्गा, बैंक बित्तिय संस्था तथा सरकारी संस्थामा रहेको खाताको विवरण, नगद ,सुन, चाँदी, हिरा, जवारातको विवरण, धितोपत्र, शेयर, ऋणपत्रको विवरण, सवारी साधनको विवरण, कृषी तथा पशुधन विवरण सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्रीको कुखुरा पालन र तरकारी खेति

सम्पती विवरणमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कुखुरा पालन तथा तरकारी खेती सञ्चालन गरेका छन् । मुख्यमन्त्री शाहीले एक लाखको लगानीमा ५ हजार कुखुरा पालन र दुई लाख ५ हजारको लगानीमा तरकारी खेति सञ्चालन गरिरहेको विवरणमा उल्लेख गरिएको छ । यसैगरी मुख्यमन्त्री शाही लगायत उनको परिवारको अन्य सम्पती विवरणमा धन बहादुर शाहीको नाममा कालिकोट जिल्ला पचाल झरणा ९ ५ रोपनी जग्गा, धन बहादुर शाहीको नाममा सोही स्थानका विभिन्न कित्ता गरि २५ हजार वर्ग किलोमिटर जग्गा र चन्दा कुमारी शाहीको नाममा कैलाली टिकापुरमा २६२० कित्ता नं. भएको ०।१६९५० वर्ग मटिर जग्गा रहेको छ । मुख्यमन्त्री शाहीसँग ५ तोला सुन र २०० तोला चाँदी रहेको छ । मुख्यमन्त्री शाहीको नाममा एभरेष्ट बैक सुर्खेत र राष्ट्रिय बाणिज्य बैक सुर्खेतमा रहेको खातामा २ लाख र ५ लाख गरी जम्मा ७ लाख रकम रहेको छ ।

उनको नाममा कृषी सहकारी संस्थामा १० हजार रकमको सेयर, सुजो मल्टी प्रपोज प्रा.लि.मा १० लाखको सेयर रहेको छ । शाहीले सट्टापट्टामा १५ लाखको मारुती कार खरिद गरेको पनि जानकारी दिएका छन् ।

मन्त्री ज्वालाको १७ हजार बढी कित्ता सेयर
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला लगायत उनको परिवारको नाममा विभिन्न संघसंस्थाहरुमा १७ हजार भन्दा बढी कित्ता सेयर रहेको छ । मन्त्री ज्वालाद्वारा पेश गरिएको सम्पति विवरणमा संगिन बि.सी.को नाममा नवयुग सहकारी मा ५ हजार रकमको १०० कित्ता सेयर, आफ्नै नाममा स्वास्थ्य सहकारी संस्थामा २ लाख रकमको एक हजार कित्ता सेयर, आफ्नै नाममा कृषी बिकास बैंकमा २७ हजार बराबरको एक सय कित्ता सेयर, सौगात बि.सी.को नाममा कृषी बिकास बैकमा २७ हजार बराबरको एक सय कित्ता सेयर, मन्त्री ज्वालाको आफ्नै नाममा प्राइम बैकमा ६ हजार बराबरको एक सय कित्ता सेयर, अरनिको ग्रुपमा १० लाखको एक हजार कित्ता सेयर, मारी (कृषी कलेज) मा २५ लाखको २५ सय कित्ता सेयर, युनिभर्सन माइनिङ प्रा.लि.मा १० लाखको १० हजार कित्ता सेयर र लाइभ स्टक फर्ममा ३ लाख बराबरको ३ हजार कित्ता सेयर रहेको छ ।

यसैगरी मन्त्री ज्वालाको भाई बल ब. साँहुको नाममा सल्यान वंगाड कुपिण्डे वडा नं. १ मा १५०० वर्गमिटर, टिकी साहु (आमा) को नाममा बर्दिया बाँसगढीमा १३ धुर, मन्त्री ज्वालाको नाममा काठमाण्डौ महानगर पालिका १६ मा ८०० वर्ग मिटर जग्गा र वडा नं. १६ मा ०.४.१.१ रोपनी, सल्यानको शारदा न.पा. ३ मा ०.७.०० रोपनी, आमा टिकी साँहुको नाममा बर्दिया बासगढी नगरपालिकामा ०.५.६.८.०, ०.१४.० कठ्ठा र ०.२ं.६ं.८.० कठ्ठा बल बहादुर साहुँको नाममा ०.७.१२ कठ्ठा, बल ब. साँहूको नाममा सल्यान बंगाड कुपिण्डे न.पा. मा १५ रोपनी, मन्त्री ज्यावालको नाममा दाङ तुल्सिपुर उपमहानगरपालिका १२ मा १ कठ्ठा ५ धुर र घोराही उपमहानगरपालिका ७ मा ४० वर्ग मिटर, सन्तोष बि.सी. (भतिज)को नाममा घोराही उ.म.न.पा. ७ मा १२० वर्गमिटर र घोराही उ.म.न.पा. १ मा १९१२.१९ वर्ग मिटर जग्गा रहेको छ । मन्त्री ज्वालासँग नगद १५ लाख, सुन ३ तोला र चाँदी १० तोला रहेको छ । मन्त्री ज्वालाको नाममा राष्ट्रिय वाणिज्य बैक थापाथलीमा रहेको खातामा ५० हजार, कृषि बिकास बैक स्वयम्भुको खातामा ४ लाख १० हजार रुपैया र एभरेष्ट बैक बानेश्वरको खातामा १२ लाख रुपैया रहेको छ । मन्त्री ज्वालाले कृषी बिकास बैक स्वयम्भुमा वि.स. २०६६ सालमा ९ लाख ऋण, वि.स. २०६९ सालमा सोही बैकबाट आवासका लागि १३ लाख ५० हजार ऋण र ज्योती बिकास बैक नेपालगञ्जबाट भाइको नाममा वि.स. २०७४ मा १५ लाख ऋण लिएको विवरणमा बताएका छन् । उनको एक ट्याक्टर, २ भैसी, दुई गोरु र ४ बाख्रा पनि रहेका छन् ।

कानुन मन्त्रीको खातामा एक लाख रुपैया
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नाममा एभरेष्ट बैकमा रहेको खातामा एक लाख रुपैया रहेको विवरणमा उल्लेख गरिएको छ । यसैगरी मन्त्री भण्डारीको बुवा हरी ब. भण्डारीको नाममा जुम्ला देपालगाउँ वडा नं ८ र बामँके गणेशपुर मा जग्गा भएको उल्लेख गरिएको छ । उनको जुम्ला देपालगाउँ ८ मा ७६ हजार वर्गमिटर जग्गा रहेको छ । कानुन मन्त्री भण्डारीसँग १५ तोला सुन र १० तोला चाँदी रहेको छ । उनिसँग १३५ सिसिको बजाजको मोटरसाइकल र स्यामसँग तथा ओप्पो मोवाइका दुई थान मोवाइल सेट रहेका छन् ।

सामाजिक बिकास मन्त्रीका ४५ भेडाबाख्रा
सामाजिक बिकास मन्त्री दल रावलको सम्पति विवरणमा ४५ भेडा बाख्रा सहित ३ भैसी र ११ गोरु समेत समेतिएका छन.् । मन्त्री रावल लगायत उनको परिवारको नाममा, अनिता के.सी. (रावल)को नाममा बाँके उपमहानगरपालिका वडा नं. ४ मा ३४२.१०० वर्गमिटर जग्गा, अनिता के.सी. (रावल) कै नाममा हुम्ला सिमिकोट गाउँपालिका २ मा फरक फरक कित्तामा ०।००९२.५०, ०।०७६.२५, ०।००१८ जग्गा, जयरुप रावलको नाममा हुम्ला सर्केगाउँ गाउँपालिका वडा नं. ४ मा पुर्खयौली २ वटा घर, मन्त्री रावलको नाममा नाममा वीरेन्द्रनगर १० मा १६ धुर जग्गा, जयरुप रावलको नाममा हुम्ला साँया गाउँ बिकास समितिमा बुवाको नाममा रहेको २९ कित्ता गरि २० हजार असी वर्ग मिटर जग्गा रहेको छ । सामाजिक बिकास मन्त्री रावलसँग ५५ तोला सुन र १५० तोला चाँदी रहेको छ ।

नेपाल एसबिआई बैंकमा मन्त्री रावलको नाममा रहेको खातामा १ लाख ५३ हजार रुपैया, अनिता केसी (रावल) को नाममा सनराज बैक र राष्ट्रिय वाणिज्य बैकमा २५ लाख ६५ हजार रुपैया रहेको छ ।

सहकारी मन्त्री केसीसँग खातामा पैसा सुन दुवै छैन
भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री विमला केसीको नाममा रहेको खातामा रकम नै छैन । न त उनिसँग अन्य मन्त्रीहरु झै सुन तथा चाँदीनै छन् । मन्त्री केसीले ग्लोबल आइएमई बैंकमा आफ्नो खाता रहेको बताएतापनि खातामा रकम नभएको विवरण पेश गरेकी छिन् । केसीको नाममा रुकुम लिम्ली १मा ४५ वर्गमिटर जग्गा तथा सोही वडामा फरक फरक कित्ता गरी ३९५ वर्गमिटर, ८०, २२५, २९५, ६१०, २०५, २० र ३०५ वर्गमिटर जग्गा रहेको छ । साथै मन्त्री केसीको नाममा तुल्सीपुर नगरपालिकामा ८० र ४२७.९५ वर्गमिटर भएको फरक फरक जग्गा रहेका छन् । उनको पिपुल्स इनर्जी लिमिटेडमा १५ लाखको सेयर र सुर्खेतको तत्कालिन जर्बुटा गाउँ बिकास समितिमा २६३ वर्गमिटर जग्गा समेत रहेको छ ।

पर्यटन मन्त्रीको दुवै बैंकखातामा रकम छैन
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको सिटिजन्स बैँक र नेपाल बैँक लिमिटेडमा रहेको खातामा रकम नभएको विवरणमा उल्लेख गरिएकोख छ । उनको सम्पति विवरणमा धनिराम बुढा र चन्द्रा कुमारी बुढाको नाममा रहेको डोल्पा ठुलीभेरी वडा नंं ३ र ४ मा लगभग २ रोपनी जग्गा रहेको छ भने १५ तोला सुन र एक केजी चाँदी रहेको छ । उनको गाई, घोडा, भेडा र बाख्रा २५ थान रहेको विवरणमा उल्ल्ेख गरिएको छ ।

मन्त्री खड्कीको २९ करोडको ऋण 
भौतिक तथा पुर्वाधार बिकास मन्त्री खड्क बहादुर खत्रीको आफ्नो नाममा तथा के.वि. एण्ड हिमाल ग्रुप, प्रदिप कन्सट्रक्सन सेवाको नाममा आउट स्ट्याण्डिंग, हायर पर्चेज, मार्जिन ल्याण्डिंग लोन गरी २९ करोड ४५ लाख ९८ हजार ऋण रहेको विवरणमा उल्लेख गरिएको छ । मन्त्री खड्कीकी श्रीमती पुष्पा खत्रीको नाममा सुर्खेत भेरिगंगा न.पा. ०४ मा १३–० –०–० रोपनी, कैलाली धनगढी गाउँपालिकामा ० –१–७.५ विघाह र सुर्खेतमा रानीवास ४ (ग) मा १२ –७–०–० रोपनी जग्गा रहेको छ । यसैगरी मन्त्री खड्कीको नाममा सुर्खेत वि.न.पा. ६ र १० मा ० –०–१३ कठ्ठा तथा ० –० –११.२५ कठ्ठा जग्गा, भेरीगंगा नगरपालिका ११ मा ७–०–०–० रोपनी, बाँकेको कोहलपुर मा ० –४–१५ कठ्ठा, बाँकेको गणापुरमा ० –२–६ बिगाह, बाँकेकै खजुरा गाउँपालिकामा ३–१४–० बिगाह, कैलालीको कैलाली गाउँपालिकामा २–१७–० बिगाह, काठमाण्डौ विष्णु बुढानिलकण्ठ नगरपालिकामा २–१–१–० रोपनी र भक्तपुरको चाँगुनारायण नगरपालिकामा २–५–०–० रोपनी जग्गा रहेको छ । उनिसँग २१ तोला सुन र एक केजी चाँदी रहेको सम्पती विवरणमा उल्लेख गरिएको छ । मन्त्री खड्की र श्रीमतीको नाममा तथा उनको प्रदिप कन्स्ट्रक्सनको नाममा विभिन्न बैकहरुमा रहेको खातामा जम्मा ४८ लाख रुपैया र विभिन्न संस्थाहरुमा ३ लाख २१ हजार २२१ कित्ता सेयरको मुल्य ११ करोड ८६ लाख ७१ हजार रुपैया रहेको छ । केवि. एण्ड हिमाल ग्रुपको नाममा विभिन्न संस्था तथा बैंकमा १ लाख ४६ हजार ३ सय कित्ता सेयरको ९ करोड ५० लाख ५३ हजार रुपैया रहेको छ । प्रदिप कन्सट्रक्सनको नाममा ३ वटा जिप, ३ मोटरसाइकल, ५ स्काभेटर, ८ ट्रिपर, १ वटा ट्रेलर ट्रक, १ वटा ट्रक, ३ भ्याकुलोडर र श्रीमती पुष्पा खत्रीको नाममा १ वटा स्कुटर रहेको छ ।