Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्यो

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको छ । स्वीट्जरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई रोक्न सफल भएको हो ।

निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ । पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्न सकेन । ब्राजिलका कुनै पनि खेलाडी दोस्रो हाफमा चम्किन सकेनन् । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । खेलको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोल गर्ने अवसर पाएको थियो । तर त्यो अवसरलाई सदुपयोग गर्न ब्राजिलका खेलाडी चुके । दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।