जातिय विभेद सम्बन्धि तीन दिने तालिम सुरु
सुर्खेत १३ असार ।
जातिय विभेद सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । साझा आवाजको आयोजना तथा युरोपियन युनियनको सहयोगमा बुधबारदेखि उक्त तालिम वीरेन्द्रनगरमा शुरु भएको हो । तालिमको उद्घाटन शर्तमा प्रशिक्षक एवम् पत्रकार बबिता बस्नेतले जातीय विभेद अहिले पनि सामाजमा व्याप्त रहेकोले त्यसलाई हतोसाहित बनाउन पत्रकारहरुले आफ्नो कलम चलाउनु पर्ने बताइनु भयो । उहाँले भन्नुभयो, दलित र गैरदलित बीचको खाडललाई अन्त्य नगरेसम्म समाज परिवर्तन हुन गा¥हो छ । दलित र गैर दलित बीचमा निकै भिन्नता भएकाले असमान नीतिको आवश्यक रहेको बताइएको छ ।

उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले समाजमा दलितहरुले भोग्नु परेका पीडाहरुको बारेमा चर्चा गर्नुभएको थियो । दलितहरुको समानताको हकलाई जोड दिँदै नेपाल राष्ट्रिय दलित कल्याण समाज संघका अध्यक्ष रुद्र कार्कीले दलितको समस्या दलित र गैरदलित बीच मात्र नभई दलित दलित बीच समेत रहेको बताउनु भयो । दलितहरुले भोग्नु परेका समस्यालाई समाधान गर्न नैतिक र शैक्षिक चेतनाको जरुरी भएको उहाँको भनाई थियो ।
२० जना पत्रकारहरु सहभागी भएको तीन दिनसम्म चल्ने तालिम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेलको अध्यक्षतामा भएको थियो भने सहजीकरण गोविन्द खत्रीले गर्नुभएको थियो । तालिम शुक्रबारसम्म संचालन हुने आयोजकले जनाएको छ ।






