बेसाहाराले पाए शैक्षिक सामग्री
दैलेख
दैलेख जिल्ला भगवतीमाई गाउँ पालिका वडा नंः ३ मेहेल्तोलीका ५ जना बेहासारा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय पदम खड्का, वीरेन्द्रनगर ११ का शर्मिला शर्मा र सिम्ताका प्रेम केसीले उक्त शैक्षिक सामग्री वितरण गर्नु भएको हो । आमा बाबु नभएका कारण विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्रीको अभावमा रहेका बालबालिकाहरु वर्ष ११ का प्रेमा विक, वर्ष ७ का सुनकेसा रिता विक, वर्ष ६ का महेन्द्र विक, वर्ष ७ का नवीन नेपाली र वर्ष १० का भुमिसरा नेपालीलाई एक वर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरिएको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा भगवतिमाई गाउँपालिका वडा नं. ३ का वडा सदस्य जयबहादुर खड्काले यस्ता बालबालिकाहरुको संरक्षण सरकारको तर्फबाट गर्न सक्नु पर्ने बताउनु भयो । उहाँले गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा यस्ता अनाथ तथा असहाय एवम् बेसाहारा बालबालिकाहरु तर्फ ध्यान दिन नसकेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।







