अपाङ्गहरुलाई सहायता सामाग्री वितरण ।
कृष्ण प्रसाद अधिकारी
२०७५ असार २४, दैलेख
अपाङ्गता पैरवी तथा शसक्तीकरण केन्द्र दैलेखले आज एक कार्यक्रमका बिच अपाङ्गता भएका व्यक्तीहरुको लागी एक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकोछ । दुल्लु नगरपालिका वडा नंम्बर ५ मा रहेको संस्थाको कार्यालयमा दुल्लु नगरपालिकाको १३ वटै वडाका अपाङता भएका व्यक्तीहरुको उपस्थितिमा सो वडास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रमको अवसरमा केन्द्रका अध्यक्ष झक्क प्रसाद पोखरेलले अपाङ्गता भएका व्यक्तीहरुका लागी ह्विल चियर,वैशाखी,ग्रान्ड स्टिक,रेडस्टिक लगाएत विविध सहायता सामाग्रीहरु वितरण गर्नुभएको थियो । कार्यक्रममा अपाङ्ग भवन निर्माणको लागी जग्गादान गर्नुहुने जग्गादाता लगाएत अपाङ्ताको क्षेत्रमा सहयोग गर्ने व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै दुल्लु नगरपालिका वडा नं.५का वडाअध्यक्ष प्रेम बहादुर थापाले अपाङ्ता रहरले नभइ बढ्दो यातायातका साधनहरु तथा भवितव्यका कारण हुने भन्दै अपाङ्को किसिमहरु हेरेर नगरपालिका तथा वडाले आगामी दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शसक्तीकरण केन्द्रको सो सहायता सामाग्री वितरण पछि अपाङ्ग व्यक्तीहरुले खुशि व्यक्त गरेका छन ।






