Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

राउटेले पाए स्थायी परिचय पत्र

दैलेख
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई दैलेखको गुरास गाउपालिकाले स्थायी परिचयपत्र हस्तान्तरण गरेको छ । गुराँस गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर स्थायि परिचयपत्र हस्तातन्तरण गरेको हो । गुराँस गाँउपालिकामा रहेका ४२ घरधुरीका १४९ जनालाई राउटे समुदायका नागरिकलाई परिचयपत्र प्रदान गरिएको हो ।


अब देखी राउटे समुदायले सामजिक सुरक्षा भत्ता लगायत सरकारले दिने सबै सुविधाहरु परिचय पत्र देखाएर प्राप्त गर्ने भएका छन । राउटे समुदाय अहिले गुरास गाउपालिकाको वडा नम्बर ८ मा बसोबास गर्दै आएका छन । गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नामथर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो । यस अघि राउटे समुदायका नागरिकले विभिन्न ठाँउबाट सेवा सुविधा लिदै आएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णालीका सचिव गिरीजा शर्माले परिचय पत्रले राउटे समुदायको वास्तविक तथाङक संकलनमा सहज भएको भन्दै यसलाई सहि सदुपयोग गर्नुपर्ने बताए । उनले फिरन्ते जिवन बिताई रहेका राउटे समुदायलाई अब एउटै ठाँउमा बासस्थानको लागी व्यवस्था गर्नुपर्ने भन्दै त्यसकालागी सबै लागी सबैको साथको आबश्यक रहेको उल्लेख गरे । गाँउपालिका अध्यक्ष खेमराज वलीले परिचय पत्र पाएसंगै अव उनिहरुले सेवा सुविधा पाउन सहज हुने बताए ।

 

अध्यक्ष वलीले यस अघि परिचय पत्र नभएका कारण राउटेहरुको तथाङक संकलन गर्न समस्या हुने गरेको भन्दै अव सहज हुने बताए । यसैबीच, परिचय पाएसँगै सरकारले प्रदान गर्ने राहत र सेवासुविधा दिन सहज हुने भन्दै राउटे समुदाय खुसी भएका छन् ।