Loading... आजः ९ भाद्र २०८३, मंगलवार । Tuesday 25th August 2026

जुम्लामा गोली चल्यो, गोली लागेर प्रहरी नै घाइते

श्रावण ३, २०७५ –

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनमा उत्रिएका विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरेर प्रहरीले गोली चलाएको छ । प्रहरी चलाएको गोलीबाट एक प्रहरी नै घाइते भएको  हाम्रा सहकर्मीले जनाएका छन् ।

प्रा डा. गोविन्द केसीलाई सरकारको निर्देशनमा काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको छ । अस्पताल परिसरमा अहिले प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरिरहेको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्। समाचार संकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अवभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन् ।