Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

भोलीदेखि आकस्मिक बाहेक अरु सबै सेवा बन्द

सुर्खेत ।

डा. गोविन्द केसी अनशनमा बसिरहेको बेला सरकारले उनका मागहरुलाई बेवास्ता गरी उनको जीवन नै जोखिममा पारेको भन्दै नेपाल चिकित्सक संघ सुर्खेत र जुम्ला शाखाले आकस्मिक बाहेकका अरु सबै सेवा बन्द गर्ने जनाएको छ । नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डा. नवराज केसी र नेपाल चिकित्सक संघ कर्णाली जुम्लाका अध्यक्ष डा. मंगल रावलद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सेवा बन्द गर्ने जनाएको हो । डा. केसी कर्णालीको जुम्लामा अनशनरत छन् । अहिले उनको स्वास्थ्य जटिल बन्दै गएको बताइएको छ । सरकारले उनका मागलाई राजनीतिककरण गरेर वेवास्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपी यता सरकारले भने उनीसँग वार्ता गर्नका लागि शिक्षा सचिवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिरहेको छ ।