शिबबिहारको पद हस्तान्तरण कार्यक्रम

सुर्खेत।
लायन्स क्लब अफ सुर्खेत शिबबिहारले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी बर्ष २०१८–२०१९का अध्यक्षलाई पद हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा रिजन चियर पर्सन हरिहर बस्नेतले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएकाेमा खुसी व्यक्त गरे। पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनकालागि लायन्स क्लवमा आवद्ध हुँदै आएको समेत बताए । उनले भने, “केही समय पहिला लायन्स क्लव प्रति आम मानिसको दृष्टिकोण फरक रहे पनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा डिस्ट्रिक को–अडिनेटर लायन्स किशोर रेग्मीले लायन्स क्लबको दाहिने हातको रुपमा लियो क्लबहरु रहने भएको हुँदा आगामि दिनमा लियो क्लब गठन गर्नु पर्नेमा जोड दिए, कार्यक्रममा जोन चियर पर्सन लायन्स खगिसरा शाहीले, समाजमा रहेका हामी भन्दा कम भाग्यशाली व्यक्तहरुलाई आफुले कमाएको केहि अंशबाट सहयोग गर्नु पाउदा आनन्द लागेकाे बताइन् ।






