Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

पानी ट्याङ्की हस्तान्तर

सुर्खेत, ५ साउन ।
सुर्खैतस्थित विभिन्न लायन्स क्लबहरु लान्यस क्लब अफ सुर्खेत बुलबुले, लान्यस क्लब अफ सुर्खेत काक्रेबिहार, लान्यस क्लब अफ सुर्खेत वीरेन्द्रनगर, लान्यस क्लब अफ सुर्खेत भैरवस्थान, लान्यस क्लब अफ सुर्खेत शिवबिहार,लान्यस क्लब अफ सुर्खेत सिद्धपाईला, लान्यस क्लब अफ सुर्खेत कर्णाली र लान्यस क्लब अफ सुर्खेत जुम्लाले आज (शनिवार बिहान ) सुर्खेतकै ऐतिहासिक, प्राचिन एवंम् धार्मिक स्थल शिब मन्दिरमा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी स्टेण्ड सहितको पानी ट्याङ्की हस्तान्तर गरेको छ ।


कार्यक्रमका अथिति शिब मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बिधाभूषण मानन्धरले सुर्खेत जिल्लाकै ऐतिहासिक, प्राचिन एवंम् धार्मिक स्थल शिब मन्दिर क्षेत्रको संरक्षरका लागि पहिलो चरणमा तारबार गर्ने कुरालाई जोड दिदै उक्त क्षेत्रको संरक्षणका लागी विभिन्न संघ–संस्थाहरु संग सहकार्य गरी अगाडी बढ्नुका साथै यसको संरक्षका लागी सबै लाग्नु पर्ने बताए ।


बिशेष अथिति एवंम् शिव महापुराण, श्रावण मेला साथै लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव–२०७५ मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले २०३६ सालमा आफु काठमाण्डौमा अध्ययनरत अवस्थामा लायन्स क्लबहरुको नाम सुन्दा आफुलाई यसको बारेमा जान्नका लागी धेरै कौतुहल्ता रहेको थियो, तर आज आएर थाहा हुदैछ कि, लायन्स क्लबहरुले समाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्नेरहेछ, श्रेष्ठले यहि साउन ०७ गते देखि साउन १७ गते सम्म संचालन हुन गईरहेको शिव महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खेत धार्मिक महामहोसत्व २०७५को आयोजनाको उद्देश्यका बारेमा जानकारी दिदैं उक्त महामहोसत्वलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागी सम्पूर्ण कर्णालीवासी, जिल्लवासी र स्थानिय संघ–संस्थहरुलाई अनुरोध समेत गर्नु भएको छ ।


ह्स्तान्तरण कार्यक्रमका प्रमुख अथिती डिस्ट्रिक एडभाईजर लायन्स टिकाराम चपाईले समाजमा कोही नभएका र केहि नभएकाहरुलाई सहयोग गर्नु लायन्सहरुको दायित्व र जिम्मेवारी रहेको बताए । उनले सामाजिक क्षेत्रमा लायन्स क्लबहरुले धेरै महत्वपूर्ण भुमिका खेलेको भन्दै समाज रुपान्तरण र समाजमा शान्ति स्थापनका लागि पनि लायन्सको योगदान रहेको बताए ।


लान्यस क्लब अफ सुर्खेत, बुलबुलेका अध्यक्ष लायन्स दलबहादुर गुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, डिस्ट्रीक चिफ लायन्स बिजय पराजुली, वडा नं.०९का वडा अध्यक्ष सुरेश मानन्धर, समाज सेवी डम्मर बिक्रम जि.सी., एजिओ लायन्स कमल नेपाल, एरिया को–ओडिनेटर लायन्स धनकुमारी खरेल, फ्यामिली उमन को–अडिनेटर एवंम् डिस्ट्रीक को–ओडिनेटर लायन्स कल्पना कार्की, डिस्ट्रीक को–ओडिनेटर लायन्स किशोर रेग्मी, डिस्ट्रीक को–ओडिनेटर लायन्स भद्र भण्डारी , डिस्ट्रीक को–ओडिनेटर लायन्स गौमाया फौजा, जोन चियर पर्सन लायन्स नवराज गुरुङ्ग, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका अध्यक्ष प्रवेशमान मानन्धर, लायन्स क्लब अफ काक्रेबिहारका अध्यक्ष लायन्स शारदा शेर्पा , लायन्स क्लब अफ भेरीका अध्यक्ष श्याम थापा, लायन्स क्लब अफ सुर्खेत, वीरेन्द्रनगरका अध्यक्ष लायन्स विनु सि. भास्कर, लायन्स क्लब अफ सुर्खेत, सिद्धपाईलाका अध्यक्ष लायन्स चन्द्रा भट्टराई, लायन्स क्लब अफ सुर्खेत, कर्णालीका अध्यक्ष लायन्स सिता शर्मा लगाएतको उपस्थित रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती डिस्ट्रिक एडभाईजर लायन्स टिकाराम चपाईले शिब मन्दिर मुल समितिका अध्यक्ष विधाभूषण मानन्धरलाई स्टेण्ड सहितको पानी ट्याङ्की हस्तान्तरण गरेको थिए ।

दत्रिरत्न