गजल – कर्ण सिंह ठकुरी
मुटुले काम गर्न छोडे के हुन्छ सबैलाई था`छ
केसिले अनसन तोडे के हुन्छ सबैलाई था`छ

तिमी गरी खाउ,अरुलाई पनि गरी खान देउ
सुकेको बिरुवा गोडे के हुन्छ सबैलाई था`छ
ड्राइभर पनि सधैं राम्रो मोडमा नहुन सक्छन
भिरतिर गाडी मोडे के हुन्छ सबैलाई था`छ
करोडौंमा पनि किन्न नसकिने मेरा अनमोल
बङ्गारा कसैले फोडे के हुन्छ सबैलाई था`छ
एउटा मान्छेले एक खुट्टा गुमाउँदाखेरि अर्को
रबरको खुट्टा जोडे के हुन्छ सबैलाई था`छ
मूर्ख नबनाउनुहोस महोदयले लाटालाटीलाई
घामपानीमा छाता ओडे के हुन्छ सबैलाई था`छ









