Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

प्रवासि युवाले गरे बालकलाई सहयोग

कृष्ण प्रसाद अधिकारी
दुल्लु दैलेख

दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ५ का स्थानिय ११ बर्षिय बालक गणेश बि.क लाई प्रवासी युवाले सहयोग गरेका छन्।
दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा नं १ का शैलेन्द्र बहादुर भण्डारीले प्रवास बाटै रु ६,९८६ (छ हजार नौ सय छेयासी) रुपयाँ सयोग गरेका छन ।उनी अहिले कतारमा छन् कतारमा रेहका उनले उक्त रकम गुराँस कम्प्युट इन्ष्टिच्युट दुल्लुमा कार्यरत कृष्ण प्रसाद अधिकारी को नाम मा पठाएका थिए ।


उनलाइ शैक्षिक सामग्री किन्नको लागी भगवतिमाई गाउँपालिका वडा नं। ४ का कृष्ण प्रसाद अधिकारी मार्फत उतm रकम आइतबार दिएको हो । स्थानिय सरकार आएको एक बर्ष भइ सक्दा समेत यस्ता बालबालिका को क्षेत्रमा कुनै पनि काम नगरेको बेलामा प्रवासी युवाहरूले बालकलाइ सहयोग गर्दा स्थानिय सरकार भने मौन रहेको गुनासो स्थािनिय बािसन्दा पोख्दछन ।

उनि दुल्लु बिजया माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्यनरत छन। उनलाई एक बर्ष सम्मको लागी शैक्षिक सामग्री पु¥याउनको लागी यस अघी आवाज सस्था ले पनि शैक्षिक सामाग्री दिएको आवाज सस्था फिल्ड कार्यलय का दुल्लु का फिल्ड अधिकृत शेर बहादुर कुमाल ले बताए ।

उनी बालक एक दमै स्वरका धनि रहेको र अवसरको लागी घरको आर्थिक स्थर कम्जोर रहेको घर परिवारले जनाएको छ । भने उनले यदि चाएमा गीत रेकडीङ्गको लागि पहल गरीने बिभिन्न कलाकार हरुले जनाएका छन।