Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

विपन्न महिलासहित बालबालिकालाई आर्थिक सहयोग

कृष्ण प्रसाद अधिकारी
साउन ११ ,भगवतिमाई दैलेख

दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा नं ३ मा रहेका विपन्न बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ११ रुपन्देहीकी रीतु खनाल, भगवतीमाई ३ का पदम खड्काले विपन्न बालबालिकाहरुलाई सहयोग गरेका हुन् ।


गरिब परिवारका २ वर्षदेखि १० वर्षसम्मका बालबालिकालाई १ वर्षभरि पुग्ने गरि शैक्षिक सामग्रीलगायत केही लत्ता कपडा र खाद्यन्न समेत प्रदान गरेका छन् । यसरी सहयोग प्राप्त गर्नेमा कक्षा ३ मा अध्ययनरत १० बर्षिय प्रवेश विक, कक्षा २ मा अध्ययनरत ८ बर्षिय सपना वि.क, कक्षा ८ मा अध्ययनरत ९ बर्षिय शिर्जना वि.क र प्रविन वि.क रहेका छन । साथै उनीहरुले कामको सिलसिलामा भारतमा रहेको बेला घाइते भएकै वर्ष ३० की लक्ष्मी वि.क. लाई समेत सहयोग गरेका हुन् । लक्ष्मी वि.क का श्रीमान प्रेम बहादुर बि.क को भने दोलखामा काम गदैगर्दा अकस्मात मृत्यु भएका कारण उनीलाई बिहान साँझ हातमुख जोर्न समेत धौ धौ परेको छ ।

यसरी युवाहरु मिलेर गाउँमा रहेका असहाय तथा गरिव परिवारलाई सहयोग गरिरहँदा स्थानीय सरकारले यस्ता परिवारको लागी न त कुनै कार्यक्रम नीति ऐन नै ल्याएको छ न त कोहि कसैलाई सहयोग गरेको देखिन्छ भन्दै स्थानीयहरुले युवाहरुको स्रहाना गरेका छन् ।