Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

घुसखाने सशस्त्र प्रहरीलाई कारवाही नगर्न मुख्यमन्त्रीको आदेश

 नेपालगन्ज, १८ साउन ।

भन्सार कार्यालयको सशस्त्र प्रहरी बल राजस्व गुल्ममा खटिएको प्रहरीलाई घुस खाएको बिषयमा स्पष्टीकरण पश्चात कारवाही नगर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र शाहीले दबाव सहित आदेश दिएको अहिले व्यापक चर्चाको बिषय बन्न पुगेको छ । बुधबार भन्सार कार्यालयको छोटी भन्सार अगाडी रहेको चेकपोष्टमा खटिएका सहायक हवलदार बम बहादुर मल्लले रू. ५ सय खाई बजार मूल्य करिब ८० हजार बराबरको कपडा र कस्मेटिकका सामान छोडेका थिए भने सशस्त्र राजस्व गुल्मले आकस्मिक चेकजॉचको क्रममा पुन: बरामद गरी आवश्यक कारवाहीको लागि बिहिबार भन्सार कार्यालय बुझाएको छ ।

कानेखुसी गर्दै सशस्त्र प्रहरी जवान इन्द्रा सोनी

५ सय नगद लिने सहायक हवलदार मल्ल ड्युटीमा रहेको बेला ड्युटी इन्चार्ज असई नरेन्द्र हमाल थिए भने सशस्त्र प्रहरी बल राजस्व गुल्मका प्रमुख एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक निरान्कर नाथ शुक्लाले यी दुबै जनालाई २४ घण्टे स्पष्टीकरण सोधे पछि माथिबाट कारवाही नगर्न दबाव दिएको स्रोतले बताएको छ। कालीकोट निवासी शिक्षकको पेशामा रहेका व्यक्तिले सामान बरामद भएपछि पैसा दिएको बयानको भिडियो सुरक्षित राखिएको छ । यसै गरी अर्का सशस्त्र प्रहरी जवान इन्द्रा सोनीले अवैध सामान आयातकर्तासँग कानेखुशी गरी सामान छोडेको समेत भिडियो सुरक्षित राखिएको छ ।

सहायक हवलदार मल्ललाई ५ सय दिई ८० हजारको सामान ल्याउने व्यक्ति

यस विषयमा सुरक्षित राखिएको दुबै भिडियो हेरेपश्चात सुर्खेत स्थित डिआईजी राजु सुवाल भन्नुहुन्छ -“डिएसपीले कारवाहीको लागि स्पष्टीकरण सोधेको छ । उहॉले कारवाही के कसरी अगाडी बढाउनु हुन्छ त्यसपछि क्षेत्रले अगाडीको कारवाही बढाउँछ । ढुक्क हुनुहोस भ्रष्ट कर्मचारीलाई कारवाही हुन्छ ।” प्रधानमन्त्री केपी शर्मा वलीले भ्रष्ट कर्मचारीलाई कदापी नछाडिने बताएपनि कर्णाली प्रदेश मुख्य मन्त्रीको यो दबाव अहिले चर्चाको बिषय बन्न पुगेको हो ।