Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

मिडियामैत्री वातावरण बनाउँछौं :उपसभामुख घर्ती

सुर्खेत

कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले कर्णाली प्रदेश सभालाई मिडियामैत्री वातावरण बनाउने बताएकी छिन् ।संसदीय मामिलासम्बन्धी पत्रकार समाज सुर्खेतले आयोजना गरेको संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिबृद्धि तालिम समापन समारोहमा उपसभामुख घर्तीले यस्तो बताएकी हुन् । प्रदेश सभाका काम कार्वाहीलाई नागरिकसम्म लैजान तथा प्रदेश सभालाई नागरिकप्रति उत्तरदायी बनाउन सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने उनले बताइन । उनले भनिन्, प्रदेशको पहिलो संसदीय अभ्यास भएको भन्दै सबै क्षेत्रको सहयोगबाट संसदका काम कार्वाही प्रभावकारी बनाउन मद्दत मिल्नेमा विश्स्त छु ।

No automatic alt text available.

‘हामी सैब नयाँ अभ्यासमा छौ’ उनले भनिन्, ‘यसलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग जरुरी छ ।’ कर्णालीको समग्र बिकासका लागि सबैक्षेत्र मिल्नुको विकल्प नभएको उनको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले मुलुक संघीयतामा गएसंगै प्रदेशको रिपोर्टिङका लागि पत्रकारका लागि नयाँ अभ्यास भएकाले पत्रकारले क्षमता बिकास गर्न तालिम सहयोगी हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव जगत नेपालले कर्णाली प्रदेश सभाले पहिलो पटक संसदीय अभ्यास गरिरहेको भए पनि स्रोत र साधनको अभावकाबीच प्रभावकारी अभ्यास भएको भन्दै पत्रकारहरुको सहयोग लिएर अगाडि बढ्न प्रदेश सभालाई आग्रह गरे । उनले नागरिकप्रति उत्तरदायी भएर कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिए । संसदीय मामिला पत्रकार समाजका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा भएको तालिम समापनमा प्रशिक्षक माधव ढुङ्गेल, नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेल, पूर्व अध्यक्ष श्रीधर पौड्याल, सहभागी लक्ष्मी भण्डारीलगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सहभागीलाई सुझाव दिए ।