Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

शहिदको सम्झनामा रक्तदान

 

सुर्खेत

कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो प्राणको बलिदानी दिने शहिदको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज (शनिबार) रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाले बताउनु भयो ।

रक्तदान कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले शहिदहरुको सपना साकार पार्नका लागि केवल सप्ताहव्यापी कार्यक्रमले मात्र नपुग्दै बताउँदै उनीले देखेको सपनालाई समृद्ध कर्णाली निर्माण गरी पूरा गर्नु पर्ने बताउनु भयो । उनीहरुको बलिदानीले आज कर्णाली प्रदेशको स्थापना भएको र हामी कर्णालीबासी बन्न पाएकोमा जसरी गर्व गरिरहेका छौ त्यसरी नै शहिदको सम्मान गर्न सक्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेलले प्रदेश स्थापनाका बेलामा भएको आन्दोलनको सम्झना गर्दै शहिदलाई सम्मान गर्न सके कुनै पनि दल र नेताहरु कुबाटोमा नलाग्ने बताउनु भयो । शहिदले आफ्नो प्राणको बलिदानी दिए भनेर मात्र नपुग्ने भएकोले उनीहरुले जसरी कर्णाली स्थापनाका लागि आफ्नो रगत बगाए हामीले उनीहरुको सपना साकार पार्नका लागि पसिना बगाउनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा ८ जना विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुले रक्तदान गरेका छन् । रक्त संकलनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतले सहयोग गरेको थियो भने कार्यक्रमको सहजिकरण सविता कोइरालाले गर्नुभएको थियो ।