Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

सडक हिलाम्मे हुदाँ नगरबासी समस्यामा

कृष्ण प्रसाद अधिकारी
साउन २१ दुल्लु, दैलेख ।

असार साउनको झरीमा पिच नभएका कच्ची सडकहरु हिलाम्मे बनेका छन् । ग्राभेल समेत नभएका सडकहरु वर्षातमा हिलाम्मे हुन्छन् भने अन्य समयमा धुलाम्मे । दुल्लु नगरपालिका भित्रका सडकहरुमा यात्रा गर्ने गाडिहरु हुन या सडक छेउमा हिड्ने पैदल यात्रीहरु हिलोको कारण समस्यामा रहेका छन् ।


चैत्र बैशाखको खडेरीमा धुलोका कारण प्रभावित भएका स्थानिय बर्षातमा हिलाम्मे सडकका कारण यतिवेला समस्यामा परेका हुन अहिले सफा सुन्दर नगरपालिका होइन । हिल्लु नगरपालिकामा परिणत भएको छ । नगरपालिकाको केन्द्रबिन्दु किर्तिखम्ब चौक देखी पटाङ्गिनि ,पौवाबजार लगाएतको स्थानमा हिलाम्मे बनेर यातायातका साधनहरु चल्नमात्र नभएर पैदलयात्रामा गर्नसमेत समस्या भएको छ । वर्षामा हिलो र हिँउदमा धुलो खान वाध्य दुल्लुबासीहरु यतिवेला हिलोको कारण मर्कामा परेका छन

यातायात चालकहरुपनि हिलोको कारण आफुलाई समस्या भएको र नगरपालिका र जनप्रतिनिधिहरुले यसतर्फ ध्यान नदिएको गुनासो गर्दै , बजारक्षेत्र हिलाम्यहुदा ग्राहकहरु आउन छोडेको र लगानीगरेको बजेट वालुवामा पानीहाले सहर भएको भन्दै सबैको चासो हुनुपर्ने व्यापारिहरु बताउनछन् ।


यसरी बजारक्षेत्रमा बेलाबेलामा भएको समस्या आउने गरेको जनगुनासोको सम्बन्धमा नगरपालिका सँग बुझदा दुल्लु नगरपालिका शाखा अधिकृत शम्सेर बहादुर शाही नगरक्षेत्रको सडकलाई फराकिलो बनाउने सोच गरेपनि त्यो हुन नसेको र नगरबासीहरुको समस्यालाई सम्बोधन गर्नखोजे पनि जिल्लासमन्वय समितिले ग्राबेलको लागी सामाग्रीहरु ल्याउनमा रोक लगाएकोले हिलो भएको हिलाम्मे भएको स्थानमा सुधारगर्न नसकिएको बताउनुहुन्छ ।

व्यापारिहरुको हक र हितकोलागी कामगरिरहेको दुल्लुनगर उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद शर्माले बजारक्षेत्रको समस्याको बारेमा उधोग वाणिज्यसंघको बैठकमा पनि कुरा उठेको र नगरपालिका सँग समन्वय गरेर अगाडी बढ्ने बताउनु भएको छ ।
यसरी बेलाबेलामा पर्न गएको समस्याको बारेमा सम्बन्धित निकायले झुट्टा आश्पासनमात्र बाड्ने गरेकोले आफुहरु समस्या परेको र समस्या समाधान हुनेमा विश्वस्त हुन नसक्ने दुल्लुबासीहरुको भनाई रहेको छ ।

नगरपालिकामा बनाएका सडक निर्माण गर्ने क्रममा १ महिनामा सक्ने काम ३ बर्षमा सक्ने प्रवाधान राखेर कहिलेसम्म नगरबासीलाई मर्काका पारीरहने सडक निमार्ण कार्यको ठेक्का लगेका ठेकादारले सडक बनाउन धैरै ढिला सुस्ती गरेका कारण सडक हिलाम्मे बनेका हुन अव सडक निमार्ण कार्य छिटो गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।