Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

संकलक बिमला अधिकारिको तिज गितको रेकर्डिङ र शुटिङ अमेरिकामा

चितवनकी नबोदित शब्द संकलक बिमला अधिकारिको शब्दमा रहेको तिज गित (सितारा भरेको साडिमा समझना राखे है मायाले ,सिरमा श्रीबन्दी गलामा पोते समझना राखेहै मायाले) रेकर्डिङ अमेरिकामा भयको छ । नेपाली हिन्दू नारी हरुको महान चाड हरितालिका तिज नजिकै गर्दा सयौ तिज गित हरुको माझ श्रोता दर्सक बिच फरकपन अनुभुत गराउन अमेरिकामै रहनुभयकी गायिका लक्ष्मी खरेलको स्वर र अर्का चर्चित संगीतकार/ गायककार नरेन्द्र प्यासीको संगित मा बिमला अधिकारिको शब्द रहेको पहिलो तिज गित अमेरिकामा रेकर्डिङ गरियको हो । साथै रेकर्डिङ स्टुडियो उद्घाट्न समेत रहेको उक्त गितको शुटिङ समेत अमेरिकामै यही सनिबार हुनेछ ।

पछिल्लो समय साहित्य क्षेत्रमा सक्रीय सर्जक बिमला अधिकारीको यो तिज गित भन्दा पहिले पनि सपना अधिकारिको स्वर र सागर सरद अधिकारी को संगितमा (हराएकी छैन प्रिय तिम्रै अधरमा छु ) बोल को गित त्यस्तै लालकाजी श्रेष्ठको स्वर र संगितमा गजल (जता स्वार्थ फुल्छ उतै सर्ने मान्छे तिमी) मा उहाको शब्द समेटिसकेको थियो ।  हिजो मात्र नबिना तिवारिको स्वर र सुनिल धितालको संगितमा (चाहेको छु तिमीलाई आउन वरवर) बोल को आधुनिक गितमा समेत उहाको शब्द समेटियको छ । जुन गित केहि समय पछी बजारमा आउने छ । सानै उमेर देखी साहित्यमा रुची राख्ने सर्जक अधिकारी बैदेशिक रोजगारमा हुँदा देखी नै साहित्य सिर्जनामा अति ब्यस्त हुनुहुन्थ्यो र बैदेशिक रोजगार बाट फर्के पछी आफ्ना सिर्जना लाई जिबन्त गर्ने क्रम मा थुप्रै गित गजलमा आफ्ना सब्द पस्कदै हुनुहुन्छ । साथै उहा गित संगीत संगै (मनको किनारा) नामक मुक्तक संग्रह प्रकासन को तयारीमा समेत हुनुहुन्छ ।

इच्छाखबर