कञ्चनपुरमा फेरि गोलि चल्यो
नेपाल विद्यार्थी संघले गरेको आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि १४ वर्षीय चेतन भट्टको मृत्यु भएको हो । आन्दोलनका क्रममा ४ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ । निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको थियो । यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विरोधमा दोषिलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भएको आन्दोलन सेलाउँन नपाउँदै नेकपाका नेता भीम रावलले दिएको अभिव्यक्ति विरुद्धमा नेपाल विद्यार्थी संघले आन्दोलन गरेको छ । विद्यार्थीहरुले नाराजुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुले टायर बालेर नारा जुलुश गरेका हुन् । केही दिनदेखि अशान्त बनेको कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपी फेरबदल गरी सरकारले छानविन समिति गठन गरेपछि केही सामान्य बनेको कञ्चनपुर नेविसंघको आन्दोलनले फेरि तातिन थालेको छ । निर्मलाका हत्यारालाई कारवाही गर्नका लागि छानविन समिति गठन भइसकेको अवस्थामा राजनीतिक रुपमा गरिएको आन्दोलनलाई उग्र हुन नदिन ब्यापक मात्रामा प्रहरी परिचालन गरिएकोजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले बताएका छन् ।






