Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सम्भव भयो छिनिएको हात जोडिन

सुर्खेत ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा छिनिएको हात जोडिन सम्भव भएको छ । बारबर्दिया–४ गुरुवागाउँ बर्दिया घर भएका २४ वर्षिय रमेश थारुको छिनिएको हात शल्यक्रिया मार्फत जोडिन सम्भव भएको हो । उपचारमा संलग्न डाक्टरहरुले यो शल्यक्रियाको सफलता पश्चात हामीसँगको कुराकानीमा भने, हामी उपचार गर्न सक्षम छौ । त्यसका लागि विरामीदेखि आफन्त र सम्बन्धित सरोकारवाला सरकारी निकायले उचित वातावरणको सिर्जना गर्न जरुरी छ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जानकारी दिए । थारु वीरेन्द्रनगरमा घर निर्माण गर्ने क्रममा छतबाट लडेका थिए ।

क्षेत्रीय अस्पतालले एकपछि अर्को गर्दै उपचारमा सफल शल्यक्रिया गर्न थालेको छ । सामान्य प्रकृतिका विरामीहरुलाई उपचार गर्न नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ उपचार सेवा प्रदान गरिरहेको क्षेत्रीय अस्पतालमै कार्यरत डाक्टरहरुले सुर्खेतमै गरेका जटिल प्रकृतिका शल्यक्रियाहरु सफल भएका छन् । छिनिएको हातको सफलद शल्यक्रिया पश्चात बिरामीले नयाँ जीवन पाएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा.हरिहर देवकोटा, डा.रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी थारुको छिनालिएको दायाँ हातको सफल शल्यक्रिया गरेर जोडेका छन् ।


थारुको साउन ३१ गते सुर्खेत एयरपोर्ट्स्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालेको थियो । हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङ् होममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याईएको डा. रावलले जानकारी दिए ।

‘छिनालिएको हात जोडिनु पश्चिम नेपालमै ठूलो सफल शल्यक्रिया भएको डा.रावलले भनाई छ । यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिने भएकाले छिनालिएको हातबाट शरीरको अधिकतम् रगत बगिसकेको र सबै रक्तनलीका छिनिएकोले चूनौतिका बीचबाट यो शल्यक्रिया गरिएको बताए ।

‘हात छिनिएका थारुको शरिर कागजजस्तो सेतो भईसकेका थियो’ शल्यक्रियामा संलग्न डा.रमेश भट्टराईले भने, ‘सात पिन्ट रगत दिइएर उनलाई तत्काल शल्यक्रियामा गरेर नयाँ जीवन दिन सफल भएका छौं ।’

डा.हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको जानकारी दिए । ‘नेपालगञ्जसम्म पु¥याउनु पर्ने भए थारुको बाटोमै ज्यान जान्थ्यो’ डा. देवकोटाले भने, ‘यदि यही अवस्था दुर्गममा भए बिरामीको अकालमा ज्यान जान्थ्यो । बिरामी जोगिनुमा चिकित्सक टोलीको ठूलो हात छ ।’

बिरामी थारुले गईसकेको जीवन फर्काउने चिकित्सकहरुलाई भगवानको उपमा दिएका छिन् । उनकी पत्नी २२ वर्षीय चन्द्रानी थारुले आफ्नो गरिब परिवारका निम्ति डाक्टरहरुले कहिल्यै नभूल्ने गुण लगाएको बताएकी छन् ।

ईच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ’ उनले भने ‘अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर नीजि अस्पताल धाउनु पर्दैन् । हामी नै जटिल प्रकृतिका विरामीहरुको सुर्खेतमै उपचार गर्न सक्षम छौं ।’