Loading... आजः ७ भाद्र २०८३, आईतवार । Sunday 23rd August 2026

कर्णालीमा प्रदेश प्रहरी गठनसँगै डिजिटल विद्यालय निर्माण हुने

सुर्खेत १२ भाद्र

कर्णाली प्रदेश सरकारले कर्णालीमा प्रदेश प्रहरी गठनसँगै डिजिटल विद्यालय निर्माण हुने बताएको छ । मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश प्रहरी गठनसँगै डिजिटल विद्यालय निर्माणसम्मका कार्यक्रम सञ्चालन गगर्न लागेको जानकार िदिएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयले गर्न लागेको कामहरुको बारेमा जानकारी दिँदै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न विकासका लागि शान्तिसुरक्षा कार्यक्रम समेत अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रदेश प्रहरी गठन गर्छौ, पाँच जिल्लाका कारागारहरुको पूर्वाधार निर्माण समेत गर्छौ ।’
मन्त्रालय वा सरकारले मात्र गरेर समृद्ध प्रदेशको निर्माण कार्य पूरा हुन नसक्ने भएकोले सबैले समृद्ध प्रदेश निर्माणमा साथ दिन समेत मन्त्री भण्डारीले आग्रह गर्नुभयो । केही दिनमै मन्त्रालयहरुमा पेपरलेस घोषणा गर्न लागेको जानकारी दिँदै मन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन विशेष अनुसन्धान गर्न विज्ञसहितको टोली परिचालन गर्न लागेको समेत बताउनु भयो ।

यस्ता छन् मन्त्रालयले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेका कार्यक्रमहरु जस्ताको त्यस्तैः