Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

नगरस्तरीय ज्येष्ठ नागरिक संघ गठन

भाद्र १३ दुल्लु दैलेख

दुल्लु नगरपालिकामा नगरस्तरीय ज्येष्ठ नागरिक संघको नगर कार्य समिति गठन भएको छ । दुल्लु नगरपालिकाका १३ वटै वडाका करिब २१० जना जेष्ठ नागरिकको उपस्थितिमा भएको कार्यक्रमा ज्येष्ठ नागरिक जिल्ला संघ दैलेखका अध्यक्ष बिर बहादुर भण्डारी एवम् सचिव इन्द्र बहादुर बुढाको उपस्थितिमा १९ सदस्यीय जेष्ठ नागरिक संघ दुल्लु गठन भएको हो ।


जसमा अध्यक्ष कृष्ण बहादुर भण्डारी, उपाध्यक्ष नर बहादुर थापा, सचिब भिम बहादुर खत्री आचार्य, कोषाध्यक्ष कृष्णा शाह, सहसचिब छत्रदेब गिरी, सदस्यहरुमा वडा न १ बाट लछीराम खड्का वडा न २ बाट टिका राम थापा वडा न ३ बटा गगने सुनार, वडा न. ४ बाट डम्मर बहादुर कार्की वडा न ५ बाट कृष्ण प्रसाद जैसी, वडा न ६ बाट लोक बहादुर खड्का वडा न ७ बाट कासिराम रावत वडा न ८ बाट मनबहादुर खत्रि वडा न ९ बाट लाल बहादर गिरी वडा न.१० बाट खड्ग बहादुर थापा, वडा न ११ बाट कर्ण बहादुर थापा वडा न १२ बाट कासिराम दाहाल, वडा न १३ बाट थिर बहादुर भण्डारी रहेका छन् ।


गठन कार्यक्रममा बोल्दै दुल्लु नगरपालिका वडा ७ का वडा अध्यक्ष तथा दुल्लु नगरपालिकाका कार्यबाहक प्रमुख लाल बहादुर राउत ज्येष्ठ नागरिकहरुको हक हितमा नगर तथा वडा कार्यायलमा गर्नु पर्ने काममा आफुले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता ब्यक्त गनुभएको थियो ।