Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

बिमस्टेकमा कनेक्टिभिटी बढाउन बुद्धिस्ट सर्किट : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रबीच कनेक्टिभिटि सुधार गर्न बुद्धिस्ट सर्किटको आवश्यकता रहेको औंल्याएका छन् । राजधानीमा आज –बिहीबार) सुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चोथो शिखर सम्मेलन उद्घाटन गर्दै ओलीले क्षेत्रीय सहकार्यको संगठनलाई यातायात र पर्यटनका माध्यमबाट नजिक ल्याउन बुद्धिस्ट सर्किट निर्माण अपरिहार्य रहेको बताएका हुन् ।

बिमस्टेकमा कनेक्टिभिटी बढाउन बुद्धिस्ट सर्किट : ओली

उद्घाटन समारोहमा ओलीले बिमस्टेकका सबै राष्ट्र कुनै न कुनै माध्यमबाट बुद्धिजमसँग सम्बन्धित भएको र नेपालले सर्किट निर्माण गर्न नेतृत्व लिन तयार रहेको पनि बताए । यसका साथै ओलीले बिमस्टेक क्षेत्रमा कनेक्टिभिटिको अपरिहार्यता पनि उल्लेख गरे ।

बिमस्टेक राष्ट्रबीच आर्थिक इन्टिग्रेसन, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सोचको अन्तरसञ्जाल विकास गर्न केनेक्टिभिटि अंगीकार गर्नुपर्ने उनको बुझाइ छ । सडक सञ्जाल, हवाई मार्ग सुधार, जलमार्ग तथा रेलमार्गको कनेक्टिभिटि नै यसक्षेत्रको विकासको आधारशिला रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सचिवालय स्थापना भइसकेको अवस्थामा यसको क्षमता विस्तारले बिमस्टेकको दायित्व र लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले सार्क र बिमस्टेक एकअर्काको विकल्प नभएर परिपूरक भएको बताए ।

प्रधानमन्त्री ओलीले गतिशील र प्राकृतिक स्रोतको धनी बिमस्टेकको क्षेत्रीय सहकार्यले गरिबी निवारण, आतंकवाद निरुपण, सुरक्षा तथा आर्थिक विकासले यसक्षेत्रका जनताको सोचलाई जीवन्त बनाउने धारणा राखे । उनले यस क्षेत्रमा गरिबी, भोकमरी, पछौटेपन, असमानता, प्राकृतिक प्रकोप, वातावरण विनास, आतंकवाद, संगठित अपराध, लागू औषध, मानव बेचविखनलगायत समस्याहरु साझा समस्या भएको बताएका थिए । ती समस्या न्यूनीकरण गर्न सबै सदस्य राष्ट्रले गम्भीर रुपमा सोच्नुपर्नेमा उनले जोड दिए ।