Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

गजल मञ्चले स्वागत ग¥यो साहित्यकार शाहलाई

सुर्खेत
भरखरै कर्णाली प्रदेश प्रहरी प्रमुखको रुपमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइपुग्नु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) एवम् साहित्यकार महेशविक्रम शाहलाई मध्यपश्चिमाञ्चल गजल मञ्चको स्वागत गरेको छ । बिहीबार म.प. गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ एवम् महासचिव पहल असिम थापा, कपिलनाथ योगी, निराजन विष्ट दोषी सहितका साहित्यकारहरुले साहित्यकार शाहलाई स्वागत गरेको म.प. गजल मञ्चल बताएको छ ।

Image may contain: 5 people, including पहल असिम, people smiling, people standing
साहित्यकार महेशविक्रम शाहका सटाहा – कथासंग्रह, वि.सं. (२०५३), सिपाहीकी स्वास्नी – कथासंग्रह, वि.सं. (२०५९), अफ्रिकन अमिगो – कथासंग्रह, वि.सं. (२०६०) छापामारको छोरो – कथासंग्रह, वि.सं. (२०६३), काठमाडौंमा कामरेड – कथासंग्रह, वि.सं. (२०६५), ज्याक्सन हाइट – कथासंग्रह, वि.सं. (२०६९) लगायत प्रकाशित छन् । उहाँले ‘छापामारको छोरो’ का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।